मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कस्तो हुन्छ तालिबानले लागु गर्ने कानुन ?

कस्तो हुन्छ तालिबानले लागु गर्ने कानुन ?


केही दिन अगाडि अफगानिस्तान कब्जा गरेका तालिबान लडाकू समुहले अब देशलाई शरिआ अर्थात् इस्लामिक कानुन अनुरुप शासन गर्ने बताएका छन् । अमेरिकाद्वारा नेतृत्व सेनाको अनुपस्थिति लगत्तै तालिबानले राजधानीसहित सबै ठाउँ नियन्त्रण्मा लिन सफल भएका हुन् । 

के हुँदैछ अफगानिस्तानमा ?

देश कब्जा गरिसकेपछिको पहिलो प्रेस सम्मेलनमा तालिबानका प्रवक्ताले मिडिया र महिला अधिकार जस्ता मुद्दालाई इस्लामी कानुनभित्र रहेर सम्मान गर्ने बताए । तर व्यवहारिक जीवनमा यसलाई केकसरी अभ्यास गरिनेछ भन्नेबारे चाहिँ उनीहरुले कुनै विस्तृत जानकारी दिएका छैनन् । 

१५ वर्षको उमेरमा महिला शिक्षा सम्बन्धी अभियानमा लाग्दा पाकिस्तानस्थित तालिबानको गोलीको शिकार बनेकी नोबल शान्ति पुरस्कारकी विजेता मलाला युसुफले तालिबानले लागू गराउने भनेको शरिआ कानुन देशभरका महिलाहरुको सुरक्षाका लागि भयावह हुन सक्ने चेतावनी दिएकी छन् ।

उनले बीबीसीसँग भनिन्, “मैले अफगानिस्तानका केही अभियन्ताहरुसँग कुरा गर्ने मौका पाएकीँ थिएँ । र उनीहरु सबैले अबको जीवन कस्तो हुनेछ भन्नेबारे केही निश्चित नरहेकाप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरु प्रायःले १९९६–२००१ का बीचको तालिबान शासन भोगाइ अझै बिर्सिएका छैनन् । यसकारण महिलाहरुको सुरक्षा, अधिकार शिक्षाको पहुँच जस्ता विषयमा उनीहरु सबै एकदमै चिन्तित रहेको बताइरहेका छन् ।”

तालिबानले कार्यन्वयन गराउने शरिआ कानुन अत्यन्तै कठोर मानिन्छ जसमा नियम उल्लंघन गर्नेलाई सबैका अगाडि क्रुरतापूर्वक मार्ने सम्मको चलन हुन्छ । 

के हो शरिआ ?

शरिआ भनेको इस्लामको कानुन प्रणाली हो । 

यो इस्लामको धार्मिक किताब कुरान, सुनाह र हडिथमा आधारित छ । यसमा प्रोफेट मोहोम्मदले गरेका कार्य र उनका भनाइहरुलाई अपनाइन्छ । शरिआको वास्तविक अर्थ चाहिँ सफा, स्वच्छ पानीतर्फको मार्ग हो । यसको आसय मुसल्मानहरुलाई तिनको जीवनका हरेक पक्ष कसरी भगवान्को इच्छा अनुरुप अघि बढाउनुपर्छ भन्ने बुझाउनु रहेको मानिन्छ ।  

एक मुसल्मानको दैनिक जीवनको हरेक पक्षमा शरिआ लागू हुने गर्दछ । उदाहरणका लागि कुनै मुसल्मान व्यक्तिलाई उनका सहकर्मीले मदिरा पिउने पब जान निम्ता गरे भने उनी शरिआ गुरु कहाँ सुझावका लागि जान सक्छन् जसले उनको कदम धार्मिक नीति नियम भित्र पर्ने सुनिश्चित गराउनेछन् । त्यस्तै पारिवारिक नियम, आर्थिक या व्यवसायिक विषयहरुका लागि पनि उनीहरु शरिआको मार्गनिर्देशन अपनाउँछन् । 

कस्ता छन् कारबाही ?

शरिआ कानुनले गलतीलाई दुई वर्गमा विभाजित गर्दछ : ‘हड’ जसमा गम्भीर अपराधहरु पर्दछन् र यसको निश्चित कारबाही हुन्छ । अर्को चाहिँ ‘ताजिर’ जसमा निर्णायकले कारबाही अघि बढाउँछन् । 

हड अन्र्तगतमा अवैध कार्यमा चोरी पनि पर्दछ जसको सजायँ स्वरुप अपराधीको हात काटिन्छ । त्यस्तै अवैध सम्बन्ध पनि यसैमा आउँछ जसको सजायँ पनि कठोर हुन्छ । 

हड कारबाही अपनाइएका धेरै घटना छन् । केही मुसल्मान देशहरुले यस किसिमका कारबाहीको नियम वर्षौँदेखि लागू गर्दै आएका छन् जसप्रति मानिसहरुको प्रतिक्रिया चाहिँ फरक फरक रहेको पाइन्छ । 

कसरी दिइन्छ कारबाहीको निर्देशन ?

न्यायिक प्रणाली जसरी नै शरिआ कानुन पनि जटिल हुन्छ र यसको अभ्यास विज्ञहरुको सिकाइमा भर पर्छ । यसमा औपचारिक कानुनी निर्णयलाई फत्वा पनि भनिन्छ । शरिआ कानुनका पाँच फरक स्कुलहरु छन् । चारवटा सनी डक्टिरिन : हनबाली, मलिकी, शाफी र हानाफी हुन् । अनि अर्को एउटा सिआ डक्टराइन : शिआ जफारी हो । यी पाँच सिद्धान्तहरुले श्रिआ कानुन उत्पन्न भएको ग्रन्थलाई फरक फरक तरिकाले व्याख्या गर्दछन् । बीबीसीबाट