मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इरानका विभिन्न विद्यालयमा छात्रालाई विष खुवाउने घटना बढ्यो

इरानका विभिन्न विद्यालयमा छात्रालाई विष खुवाउने घटना बढ्यो


इरानका विभिन्न विद्यालयमा छात्रालाई विष खुवाउने घटना बढेको छ । नोभेम्बरको अन्त्यदेखि छात्राको मात्र पढाइ हुने विद्यालयहरूमा ग्यास वा विषाक्त पदार्थको सेवनका घटना हुँदै आएका छन् ।

पछिल्लो विवरण अनुसार देशका ३१ प्रान्तमध्ये २५ वटामा रहेका २ सय ३० वटाभन्दा बढी विद्यालयमा पाँच हजार जनाभन्दा धेरै विद्यार्थीहरू विषाक्तताबाट प्रभावित भएका छन् । कतिपय अवस्थामा विद्यार्थीहरू बेहोस हुने र अस्पताल भर्ना हुने गरेका छन् ।

खुजेस्तानको हाफ्टकेल सहरको एक विद्यालयमा कम्तीमा ६० जना विद्यार्थीलाई विषाक्त पदार्थ खुवाइएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ । त्यस्तै, पश्चिम अजरबैजान प्रान्तको उर्मियामा पनि धेरै छात्राहरू बिरामी भएपछि हिजो अस्पताल लगिएको छ ।

यी घटनाको छानबिनका लागि राष्ट्रिय अनुसन्धान समितिका प्रमुख सांसद हामिदरेजा काजेमीको नेतृत्वमा समिति बनेको छ । समितिले अन्तिम प्रतिवेदन दुई हप्ताभित्र सार्वजनिक गर्ने जिम्मेवारी पाएको छ ।