मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ औँ महाधिबेशनलाई एकता र मेलमिलापको महाधिबेशन बनाउन तर्फ जोड दिने कांग्रेस साँफेबगरको निर्णय

१४ औँ महाधिबेशनलाई एकता र मेलमिलापको महाधिबेशन बनाउन तर्फ जोड दिने कांग्रेस साँफेबगरको निर्णय


अछाम । नेपाली कांग्रेस नगर कार्यसमिती साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नगर कार्यसमितीका सभापती गोकुल भाटको अध्यक्ष्तामा भएको बैठकका प्रमुख अथिति नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँर रहेका थिए ।

सभापति स्वाँरले यसपटकका अधिबेशन र महाधिबेशनलाई एकता र मेलमिलापको अधिबेशन बनाउन तर्फ सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।

केन्द्रको निर्देशन र सर्कुलर अनुसार शभ्य र भव्य रुपमा वडा देखि जिल्ला सम्मको अधिबेशन सम्पन्न गर्न तर्फ पार्टी पंक्ती लाग्नुपर्ने उनले बताए ।

बैठकले वडा तहका अधिबेशन, क्रियाशिल सदस्यता लगायतका बिषयमा पनि छलफल गरेको थियो भने नगरका सबै वडासभापतीले आफ्नो धारणा समेत राखेका नगर सचिव कृष्ण कुवँरले बताए ।

बैठकमा पूर्व साँसद एवंम साजदुत बल बहादुर कुवँर, महासमिती सदस्य राजन कुवँर, जिल्ला समन्वय समिती प्रमुख नर बहादुर कुवँर, महाधिबेशन प्रतिनिधी ध्वज बहादुर कुवँर, टक्कर ताम्रकार लगायतले मन्तव्य राखेका थिए ।

नगर कार्यसमतिीका पदाधिकारी अन्य नेता कार्यकर्ता लगायतको सहभागीता रहेको बैठकको संचालन सचिव कृष्ण कुवँरले गरेका थिए ।