मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनेरास्ववियु पुर्बान्चल बिस्वबिधालयको सिङ्गो टिम एकीकृत समाजवादीमा

अनेरास्ववियु पुर्बान्चल बिस्वबिधालयको सिङ्गो टिम एकीकृत समाजवादीमा

सुदूर आज

काठमान्डौ: नेकपा एमाले बिभाजन पछि बनेको नेकपा ( एकीकृत समाजबादीमा ) नेकपा एमालेको जनबर्गिय सङठन सिङो अनेरास्ववियु पुर्बान्चल बिश्वबिद्धालय कमिटी समाहित भयको छ ।

तत्कालिन अनेरास्ववियुकि केन्द्रीय अध्यक्ष नबिना लामाको बेला देखि नै अनेरास्ववियु पुर्बान्चल बिश्वबिद्धालय कमिटी माधब गुटको बलियो गड देखिदै आएको थियो ।

माधब नेपाल निकटहरुको गडका रुपमा हेरिने अनेरास्ववियु पुर्बान्चल बिस्वबिधालयमा तत्कालिन अनेरास्ववियु पुर्बान्चल बिश्वबिद्धालय उपत्यकाको निर्बाचन बाट निर्बाचित सम्पुर्ण कमिटी समाजबादिमा लागेको छ ।

पुर्बान्चलमा लामो समय राजनिति गरेका अनेरास्ववियु उपत्यकाका कार्यबाहक अध्यक्ष रहेका बालकिशोर माझी, सचिब शरोज पान्डे सहसचिब तिलक आचार्य लगायत सिङो उपत्यका टिम नेकपा समाजबादिमा समाहित भयको अनेरास्ववियू स्थाइ कमिटी सदस्य बालकिशोर माझिले बताए ।

त्यस्तै पुर्बान्चल बिश्वबिद्धालय रास्टिय कमिटी अध्यक्ष रोसन भट्टराई , रास्ट्रीय कमिटी सचिवालय सदस्य तथा बिप्पिन रेग्मी, अमर पुन बिराटनगर लाई आफ्नो राजनितिक क्षेत्र बनायका उधमी शिबरतन शाहा पनि नेकपा एसमा लागेका छन ।

पुर्बी जिल्ला कमिटिका अध्यक्ष भूषण पोमुको नेतृत्वमा रहेको सिङो टिम, काठमाडौका चर्चित क्याम्पस कान्तिपुर सिटि कलेजका अध्यक्ष मनोज चन्दको सिङो टिम, ह्वाइटहाउसका अध्यक्ष शैलेन्द्र बमको सिङो टिम, एक्मि इजिनियरिङका अध्यक्ष दर्शन पाण्डे सहित सिङो टिम, हिस्ट इन्जिनियरिङ कलेजका अध्यक्ष कोसिस सुवेदी , हिकास्ट क्यापसका नेता तपेन्द्र रावल र अध्यक्ष राजेन्द्र माझिको सिङो टिम पनि नेकपा एस तिर लागेको छन ।

उसो त 22 औ माहाधिबेसन पछि पुर्बान्चल मात्र यस्तो गड हो जहाँ माधब बलियो थियो । ततकालिन समयमा उपत्यकाको चुनाबमा केपि गुट बाट भुमिका पोख्रेलले सह सचिब मात्र जितेकी थिइन भने बाकी सबै कमिटी माधब नेपाल समुहले कब्जा गरेको थियो ।

अनेरास्ववियु र क्रान्तिकारी बिचको एकता पछि सयोजक बनेका एन महरले बिधार्थिका मुद्दा नबोक्ने, पुर्बान्चलका मुद्दा उठायर महर कहाँ पुग्दा महरले माइतिघरमा मानिस जम्मा गर्नुस भासण गर्न म आउछु भन्ने जस्ता राजनितिक स्वार्थका कुरा गर्ने गरेकोले पुर्बान्चलमा महरको अनेरास्ववियु कमजोर हुनुको कारण हो भन्ने पनिहल्ला पुर्बान्चलमा चलेको पाइन्छ ।

पुर्बान्चल सधै अग्रगमनका पक्षहरुको गढ भयको र हरेक किसिमका प्रतिगामी तत्व बिरुद्ध आवाज उठाउदै आयको पुर्बान्चलका नेता बालकिशोर माझिले बताय ।

उसो त नेता बालकिशोर घनश्याम भुसाल स्कुलिङमा हुर्कियका हुन यधपी उनी नेकपा एमाले फुटनुमा मध्यमार्गि नेताहरु प्रमुख दोषी रहेको ठान्छन । पार्टिका दोस्रो पुस्ताका नेताहरु स्वार्थी र ब्याक्तिबादी देखिनु नै पार्टी फुटको कारण रहेको उनको बुझाइ छ ।