मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोटमा चट्याङ्ग लागेर एक जनाको ज्यान गयाे

जाजरकोटमा चट्याङ्ग लागेर एक जनाको ज्यान गयाे


जाजरकोट – जाजरकोटमा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । 

हिजो बेलुका परेको चट्याङ्ग लागेर बारेकोट गाउँपालिका वडा नम्बर १ कोटेलीकी १६ वर्षकी सम्झना गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

हिजाे बलेुका खाना पकाउँदै गरेकाे बेला उनलाई चट्याङ्ग लागेकाे थियाे । 

नेपालगञ्जमा एसईईपछि तयारी कक्षा पढ्दै गरेकी उनी तीज मान्न घर गएकी थिइन् ।