मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली लोक झ्याउरेमा नयाँपन दिदै मधुश्रीले सार्बजनिक गरे “बेलखेत पुल”

नेपाली लोक झ्याउरेमा नयाँपन दिदै मधुश्रीले सार्बजनिक गरे “बेलखेत पुल”


अछाम । साहित्यकार, गीतकार एबम कलाकार पवन मधुश्रीको “बेलखेत पुल” बोलको लोक गित सार्वजनिक भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलाइ जोड्ने अछामको बेलखेतको बस्तुस्थिती र अछामको परिवेशका बारेमा लेखिएको गित मधुश्री यूटुब च्यानल बाट सार्वजिनक भएको हो ।

अछाम र दैलेख जिल्लाको सिमानामा बहने कर्णाली नदीमाथि मध्यमहाडी लोकमार्ग क्षेत्रमा निर्मित “बेलखेत पुल” लाई गीतको प्रमुख थेगो बनाइएको छ ।

कलाकार मधुश्रीले नेपाली लोक झ्याउरे गीतको इतिहासमा गीत मार्फत नया पन दिन खोजेका छन। मधुश्रीको आफ्नै शब्द संगीतमा सार्बजनिक भएको गीतमा प्रमोद माझी र पम्फा कँडेलले स्वर भरेका छन। गीतले यो क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने मधुश्री बताउछन् ।

‘बेलखेत पुल’ मा वरिष्ठ नृत्य निर्देशक तथा मोडेल शंकर बिसी, सिर्जना माझी र नमुना माझीको उत्कृष्ट अभिनय रहेको छ । सिर्जना र नमुना मधुश्रीको आफ्नै छोरी हुन् । म्युजिक भिडियोको निर्देशन स्वय् शंकर बिसीले गरेका छन् । सरकारी सेवामा आबद्ध पवन मधुश्रीको पदमबहादुर माझी नामले पञ्चदेवल विनायक नगरपालिका अछाममा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका छन् ।

मधुश्रीले यसअघि ‘इतिहास, आमा र माटो’ गित र म्युजिक भिडियो बजारमा आइसकेका छन् । इतिहास र माटो देशभक्ति गीत हुन् भने आमा जननी जन्म दिने आमाप्रति समर्पित गीत हो । यी सबै गीतको शब्द संगीत मधुश्रीको नै रहेको छ भने चर्चित गायिका शान्तिश्री परियार र गायक प्रमोद माझीले आवाज दिएका छन् ।

हाईलाईट्स नेपाल च्यानल मार्फत सार्वजनिक भएको गितमा मधुश्रीको आफ्नै लय र शब्द तथा प्रमोद माझीको स्वर रहेको छ भने बिनोद बिकले ऐेरेन्ज गरेका हुन् । धिताल फिल्मस् प्रालीले निर्माण गरेको गितलाई निर्देशन दिनेश ठकुल्ला र सम्पादन रोशन धितालले गरेका हुन् ।

पवन मधुश्रीको ‘जुनी र कर्णालीको व्यथा’ सार्वजनिक हुने तयारीमा छन् । पवन मधुश्रीको नामबाट उहाँ लेखकको रूपमा परिचित छन् । उनका गाउँले कविता संग्रह, नमुना राजनीति र विकास पुस्तक प्रकाशित छन् । लेखक, साहित्यकार, स्तम्भकारको छवि बनाएका मधुश्री पछिल्लो पटक गीतकार र संगीतकारको रूपमा समेत आफ्नो परिचय दिन सफल भएका छन्।

पवन मधुश्री नामबाट कान्तिपुर, नागरिक, हिमालय टाइम्स, राजधानी दैनिकमा बिभिन्न लेख प्रकाशित छन् । राजधानी दैनिकमा ‘स्थानीय प्रजातन्त्र’ र पछि ‘चिन्तनको चौतारी’ नाममा उहाँले स्तम्भ समेत लेख्ने गरेका थिए । हाल मधुश्री विभिन्न अनलाइन पोर्टलहरूमा लेख रहन्छन।

सरकारी सेवामा रहेका पवन मधुश्रीले पछिल्लो समयमा जिल्लाको समग्र बस्तुस्थिती झल्कीने र ईतिहासका बारेमा गित सार्वजनिक गर्दै आईरहेका छन् ।