मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङ र बाँकेकाे वन क्षेत्रमा बाघ समूहमा हिँड्न थाल्याे, सावधानी अपनाउन आग्रह

दाङ र बाँकेकाे वन क्षेत्रमा बाघ समूहमा हिँड्न थाल्याे, सावधानी अपनाउन आग्रह


दाङ : पूर्व–पश्चिम राजमार्गको दाङ र बाँकेको वन क्षेत्रमा बाघको आतङ्क फैलिएको छ । बाघको समूह नै हिँड्न थालेपछि वन कार्यालयले सावधानी अपनाउन सार्वजनिक आह्वान गरेको छ ।

बाँकेको गाभर कुसुम क्षेत्रमा बाघले मान्छे खाएदेखि नै त्याे क्षेत्रमा बाघको समूह देखा पर्न थालेको छ । बाँके र दाङको सीमा क्षेत्रमा पाटे बाघ र चितुवाको समूह देखिएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ ।

वन कार्यालयका अनुसार बाँके र दाङको सीमानामा रहेको दाङको अमिलिया–रिहार सडक खण्डमा चितुवा र बाघको समूह देखा परेको छ । गएकाे आइतवार राति लमही नगरपालिका वडा नम्बर ९ हर्दवामा राजमार्गमै चितुवा र बाघको समूह देखा परेको वन कार्यालयले जनाएको छ ।

कार्यालयले दाङको रिहार क्षेत्रबाट बाँकेको शिव खोला, कुसुम क्षेत्रमा मोटरसाइकल, पैदल मार्ग र खुला सवारीसाधनमा आवतजावत गर्दा विशेष सावधानी अपनाउनसमेत आग्रह गरेको छ । सकेसम्म रातको समयमा एक्लै त्याे क्षेत्र भएर हिँडडुल नगर्न वन कार्यालयको आग्रह छ । 

अहिले त्याे क्षेत्रमा रहेको राजमार्गमा हिँड्ने दुई पाङ्ग्रे सवारी धनी समूह बनाएर हिँड्न थालेका छन् ।