मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा १६ जनाको आवेदन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा १६ जनाको आवेदन


काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाको आवेदन परेको छ । आवेदन माग गरको एक सातामा १६ जनाको आवेदन परेको हो ।

उपकुलपति सिफारिस समितिमा आवेदन दिनेमा प्रतिष्ठानका निवर्तमान उपकुलपति प्रा.डा. संगीता भण्डारी, स्वास्थ्य सेवा विभागका पूर्व निर्देशक डा. विकास लामिछाने, स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाका निर्देशक डा. पवनजंग रायमाझी, मनिपाल अस्पतालका प्राध्यापक डा. प्रदीप घिमिरे शर्मा, मोडल अस्पताल पोखराका डा. भुमेश्वर आचार्य रहेका छन् ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्ले, राप्ती प्रादेशिक अस्पताल डा. जितनारायण यादव, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रेक्टर डा. विश्वनाथ यादव, गंगालाल हृदयरोग केन्द्रका मुटु रोग विशेषज्ञ डा. रामेश कोइराला, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का प्रा.डा. रेवतीरमण मल्लको आवेदन परेको छ ।

त्यस्तै मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष प्रा.डा. नारायण विक्रम थापा, डा. प्रवीण श्रेष्ठ, भरतपुर क्यान्सर अस्पतालका डा. लक्ष्मीनारायण सिंह, नारायणीका पूर्व मेसु डा. सन्जयकुमार ठाकुर, डा. ऋषिकेशनारायण श्रेष्ठ, डा. प्रमोद रेग्मीले पनि उपकुलपतिका लागि आवेदन दिएका छन् ।

चार वर्षको कार्यकाल हुने प्रतिष्ठानको उपकुलपतिका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री संयोजक रहेको सिफारिस समितिले ३ जनाको नाम छनोट गरेर प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्रीसमक्ष पेस गर्नेछ । सिफारिस भएका तीनवटा नाममध्येबाट एक जनालाई प्रधानमन्त्रीले प्रतिष्ठानको उपकुलपति नियुक्त गर्नेछन् ।