मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ दिनदेखि अवरुद्ध बनेको भीमदत्त राजमार्ग खुल्यो

२ दिनदेखि अवरुद्ध बनेको भीमदत्त राजमार्ग खुल्यो


धनगढी: हिमपातका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बिहीबारबाट अवरुद्ध बनेको थियो।

राजमार्गमा भएको बाक्लो हिउँ पन्छाएपछि सडक सञ्चालनमा आएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जननाएको छ।  हिमपात रोकिएपछि शनिवार बिहानैदेखि स्थानीय तहका डोजर र नेपाली सेनाले हिउँ पन्छाउने काम गरेका थिए।

दिनभरको प्रयासपछि शनिवार साँझ मात्रै सडक सुचारु गर्न सकिएको प्रहरीले जनाएको छ। सडक खुलाइएपछि बाटोमै अलपत्र परेका यात्रु र सवारी गन्तव्यतर्फ हिँडेका छन्। डडेल्धुराको साहुखर्क र हगुल्टे लेकमा बाक्लो हिउँ जमेको थियो। 

यस्तै बझाङ जोड्ने जयपुथ्वी राजमार्ग बाहेक अन्य सबै राजमार्ग समेत खुलाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। जयपृथ्वी राजमार्गको डोल्यामोडमा जमेको हिउँ पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको समेत प्रहरीले बताएको छ।

बिहीवार साँझबाट प्रदेशका पहाडी जिल्लामा भारी हिमपात सुरु भएको थियो। वर्षा र हिमपात भएसँगै त्यहाँको जनजीवन प्रभावित भएको छ।