मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल टेलिकमको नेटवर्क नहुदा सम्पर्क बिहिन

नेपाल टेलिकमको नेटवर्क नहुदा सम्पर्क बिहिन


बाजुरा : जिल्लाको उत्तरी पुर्वी क्षेत्रमा नेपाल टेलिकम नेटवर्क नहुदा ४ वटा पालिका सम्पर्क बिहिन भएका छन्। जिल्लाको बुढीनन्दा नगरपालिका जगन्नाथ , स्वामिकार्तिक हिमाली गाउपालिका सहित गौमुल गाउँपालिकाको वडा न १ ,२ र ३ मा पनि नेटवर्क नहुदा सेवाबाट सम्पर्क बिहिन भएका छन ।

विद्युत नभएर पानी परेको दिनमा कहिलै पनि नेटवर्क हुदैन हामीले बाहिर गएको छोरा छोरीलाई खबर गर्न भए खबर गर्न पहिला डाँडाकाँडा गएर फोन गर्नु पर्थ्यो भने अहिले पनि डाँडा डाँडा गएर खबर गर्ने गरेको स्थानियले गुनासो गरेका छन ।

जहिले पनि एक दिन पानी आयो भने सेवा नै बन्द हुन्छ अनि हामीले खबर गर्नु पर्ने हो भने त्यहीँ गएर खबर गर्नु पर्ने भएको बुढिनन्दा नगरपालिका वडा न ३ सिराडीका स्थानिय सुकबिर खड्काले बताए ।

उनका अनुसार टावरमा विद्युत नभएकोले हिउँदको महिना हिउँ परेपछि र बर्खा महिनामा पानी धेरै भएको बेला र घाम लागेको दिनमा पनि राती ९ बजे तिर नेटवर्क जाने दिउँसो ८ बजे सम्म त नेटवर्क बिहिन नै भएको गुनासो खड्काले गर्नु भएको छ । त्यसै गरि गौमुल गाउँपालिका वडा न १,२ ३ हिमाली क्षेत्र भएकोले गर्दा हिउँदमा हिउँ परेर सोलारको पातामा हिउँ जमेकोले सेवाबाट बन्चित भएको गौमुल गाउँपालिका वडा न १ माडीका स्थानीय वसन्त रोकायाले बताए ।

लगातार हिमपात स वर्षा भए संगै नेपाल टेलिकममा विद्युत नभएको सोलार जडान गरेर भएपनि सेवा संचालन गरिरहेका थियौ त पोरखेको लेखको रिपिटर टावरमा हिउँ जमेकोले पावर नभएर सेवा बन्द भएको नेपाल दुरसञ्चार शाखा कार्यालय बाजुराले बाजुराले जनाएको छ।