मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङको जुत्ता-चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु

दाङको जुत्ता-चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु


दाङ- दाङको तुलसीपुरस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित उक्त जुत्ता-चप्पल पसलमा राति करिब पौने दुई बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।

इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती आलगागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले बताए। आगो नियन्त्रणमा लिन तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयबासीले प्रयास गरेका थिए। 

घरभित्रबाट चार पुरुष र एक बालिकाको शव निकालिएको डीएसपी अर्यालले बताए। उनले शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको बताएका छन्।

प्रहरीले करिब पाँच घण्डाको प्रयासपछि आगो पूर्ण नियन्त्रणमा लिन सकिएको बताएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने डीएसी अर्यालले जानकारी दिए। आगलागीमा ज्यान गुमाएकाहरूको भने पहिचना खुल्न नसकेको प्रहरीले जनाएको छ।