मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरमा जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य बिमा अनिवार्य, नभए सेवा सुबिधा बन्चित

साँफेबगरमा जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य बिमा अनिवार्य, नभए सेवा सुबिधा बन्चित


अछाम : जिल्लाको साँफेबगर नगरपालिकाले सबै जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य बिमा कार्ड अनिवार्य गरेको छ । नगर कार्यपालिकाको नवौं बैठकले नगरका सबै जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो विमा गवरेकै हुनुपर्ने निर्णय गरेको हो  ।

नगरप्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा भएको बैठकले फागुन १५ भित्र सबै जनप्रतिनिधि र कर्मचारीले म्वन्धित वडा र शाखा मार्फत स्वास्थ्य बिमा गरेको प्रतिलिपि अनिवार्य प्रशासन शाखामा बुझाईसक्नुपर्ने निर्णय गरेको छ ।

स्वास्थ्य बिमा गरेको कार्डको प्रतिलिपि नबुझाउनेहरुको सेवा सुबिधा रोक्ने निणय समेत गरिएको नगरप्रमुख कुवल बहादुर कुवले बताउए । बैठकले अन्य निर्णयहरु पनि पारित गरेको उनको भनाई छ ।

बैठकमा उप–प्रमुख बिर्मलादेवि बुड्थापा, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद शर्मा, सबै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो ।