मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काङ्ग्रेस नेता स्वर्गीय शाहीको श्रद्धाञ्जली सभा हिच्मामा सम्पन्न

काङ्ग्रेस नेता स्वर्गीय शाहीको श्रद्धाञ्जली सभा हिच्मामा सम्पन्न


अछाम । नेपाली काङ्ग्रेसका नेता २०४९ सालको निर्वाचनमा साबिकको हिच्मा गाउँविकास समिती वडा नम्बर २ का वडा अध्यक्ष पदका उम्मेदवार स्वर्गीय राजबहादुर शाहिको १३ औं दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस ढकारी गाउँपालिका वडा नम्बर २ का सभापति बिष्णु प्रसाद रिमालको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काङ्ग्रेस अछामका सभापति
भरत कुमार स्वारले स्वर्गीय शाहिले पार्टीमा गरेको योगदान ,पार्टी प्रति उहाँको त्याग तपस्या लाई हामीले जहिले पनि सम्मान गर्दै उहाँका अधुरो सपना लाई पूरा गर्न हामी हरु लागिपर्ने बताए । त्यस्तै श्रद्धाञ्जली सभामा बोल्दै
नेपाली काङ्ग्रेस ढकारी गाउँपालिका सभापति एवम् ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले स्वर्गीय शाहीको दु:खद निधनले काङ्ग्रेस पार्टी लाई ठुलो क्षति भएको बताए । साथै बुढाले उहाँले गरेका राम्रा काम हरुको अनुशरण गर्दै अगाडि बढ्नुपर्ने बताए । श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेस पुर्व जिल्ला सदस्य पदम बहादुर साउद, तरुण दलका जिल्ला अध्यक्ष प्रकाश साउद ,नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधि सुशील भण्डारी ,नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम्बर १ पुर्व क्षेत्रीय काेषाध्यक्ष उपेन्द्र स्वार ,क्षेत्रीय सदस्य गम्भीर बहादुर सिंह, चक्र साउद ,ढकारी गाउँकार्यसमितिका पार्टि सचिव टंक साउद ,कमलबजार नगरपालिका वडा नम्बर ९ का वडा सभापति पदम बटाला लगायत नेताकार्यकर्ताहरु मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै समवेदना प्रकट गरेका थिए ।
उक्त श्रद्धाञ्जली सभाको संचालन नवराज नेपालीले गर्नुभएको थियो ।