मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौतम गोत्र एकता समाज साधारण सभा सम्पन्न, अध्यक्षमा बटाला र महासचिवमा सोडारी सर्वसम्मत

गौतम गोत्र एकता समाज साधारण सभा सम्पन्न, अध्यक्षमा बटाला र महासचिवमा सोडारी सर्वसम्मत


अछाम । गौतम गोत्र एकता समाज नेपालको तेस्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार कैलालीको टिकापुरमा सम्पन्न सभाले समितीको नयाँ कार्य समिती चयन गरेको छ ।

समाजका विरमञ्जन बटालाको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्य समिती चयन भएको हो । जसको उपाध्यक्षमा कृपाराम सञ्जाल पार्वती देवी जैसी, महासचिवमा धिरेन्द्र चन्द सोडारी, सचिवमा डम्बर बहादुर बटाला र कोषाध्यक्षमा खम्म ठकुल्ला रहेका छन् ।

यस्तै सदस्यहरुमा नवराज जैसी, गंगाराम जैसी, लक्ष्मि राज जैसी, भावना बटाला र शिवलाल तिवारी रहेका छन् । गौतम गोत्र एकता समाज नेपालको केन्द्रिय कार्यालय टीकापुर कैलालीमा रहेको छ ।