मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासंघका पूर्व सदस्य बुढाकी आमाको निधनमा पत्रकार महासंघ अछामद्धारा शोक व्यक्त

महासंघका पूर्व सदस्य बुढाकी आमाको निधनमा पत्रकार महासंघ अछामद्धारा शोक व्यक्त


अछाम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले महासंघका पूर्व कार्य समिती सदस्य कृष्ण बुढाकी आमा अमृता देबी बुढाको निधनमा शोक व्यक्त गरेको छ ।

बिहिबार शाखा अध्यक्ष खम्म खत्रीले एक शोक विज्ञप्ती जारी गर्दै नेपाल महासंघ अछामका पूर्व कार्य समिती सदस्य एवंम कार्यालय सचिव बुढाकी आमाको निधनमा दुख व्यक्त गर्दै सोकशन्तप्त परिवारमा समबेदना व्यक्त गरेको हुन् ।

यस्तै प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामले पनि सोक व्यक्त गरेको छ । शाखा अध्यक्ष टेक बहादुर थापा र सचिव बिक्रम परियारले सामुदायिक रेडियो रामारोशनका कार्यकारी निर्देशक, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समिती सचिव कृष्ण बहादुर बुढालाई परेको मातृ सोकमा विज्ञप्ती जारी गर्दे मृतक प्रति ऋद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समबेदना प्रकट गरेका छन् ।

यस्तै सुदूरसंचार समाज नेपाल अछाम द्धारा संचालित सामुदायिक रेडियो रामारोशनका अध्यक्ष बेदप्रकाश तिमल्सैनाले पनि रेडियोका कार्यकारी निर्देशक, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समिती सचिव तथा नेपाल पत्रकार महासंघ अछामका पूर्व कार्य समिती सदस्य कृष्ण बहादुर बुढाकी ममतामय माता र सुदूर संचार समाज नेपाल अछामका कोषाध्यक्ष माया देबी बुढाकी सासु आमा अमृता देवी बुढाको निधनमा सोक व्यक्त गरेका छन् ।

जिल्लाको ढकारी गाँउपालिका वडा नं. १ निवासी अमृता देबी बुढाको उपचारको लागि मंगलसेन ल्याउने क्रममा बुधबार कमलबजारमा निधन भएको थियो ।