मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजामती कर्मचारी युनियनको केन्द्रिय सदस्यमा सुप बाट भाटको उम्मेदवारी घोषणा !

निजामती कर्मचारी युनियनको केन्द्रिय सदस्यमा सुप बाट भाटको उम्मेदवारी घोषणा !

सुदूर आज

अछाम : नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट राजेन्द्र भाटले उम्मेदारी घोषणा गरेका छन। अछाम जिल्लाको ढकारी गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत भाटले सुदुरपश्चिम क्षेत्रबाट उम्मेदारी घोषणा गरेका हुन्।

कर्मचारी युनियन अछामका महाधिवेशन प्रतिनिधि राजेन्द्र भाटले सुदुर पश्चिम् प्रदेश तर्फबाट युनियनको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । भाट निजामती सेवामा प्रवेश गरेसँगै जिल्ला स्तरीय युनियनका क्रियाकलापमा सक्रिय हुँदै आएका छन।

पेशागत हित सँगसँगै नेपालको सार्वजनिक सेवाको सुदृढीकरणका माध्यमबाट ट्रेड युनियनको भूमिका अभिवृद्धि गराउन युनियनको आसन्न महाधिवेशनबाट उपयुक्त भूमिका निर्वाह गर्न सक्ने गरी केन्द्रीय सदस्यको जिम्मेवारी लिन खोजेको उनले बताए । साथै आफुलाइ बिजयी गराउन सम्पुर्ण महाधिवेशन प्रतिनिधि हरुलाइ अपिल समेत गरेका छन ।

कोभिडको संक्रमणका कारण पटक पटक स्थगित हुँदै आएको नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन फागुन २१ देखि २३ गतेसम्म हुने गरी नयाँ मिति तय भएसँगै कर्मचारी वृत्तमा सरगर्मी बढेको छ ।

जिल्ला र विभागीय कार्यसमितिका अध्यक्ष र महाधिवेशन प्रतिनिधि सहभागी हुने अधिवेशनले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।