मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामको जिल्ला अधिबेशन : २० गते उद्घाटन २१ गते ८ बजे मतदान

कांग्रेस अछामको जिल्ला अधिबेशन : २० गते उद्घाटन २१ गते ८ बजे मतदान


अछाम : नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशन फागुन २० गते शुक्रबार जिल्ला सदरमुकाम मंगलसैनमा उद्घाटन हुने भएको छ । नेपाली कांग्रेस अछामले आज मंगलसेनमा गरेको बैठकले जिल्ला अधिबेशन २० गते उद्घाटन र २१ गते मतदान गर्ने निर्णय गरेको छ ।

पहिलो दिन २० गते पार्टीको सातौँ जिल्ला अधिबेशनको उद्घाटन शत्र संचालन हुने र २१ गते बिहान ८ बजे मतदान सुरु हुने जिल्ला सचिव नम बहादुर शाहीले सुदूरआजलाई जानकारी दिए ।

जिल्ला अधिबेशनको सबै तयारी लगभग पुरा भएको र प्रतिनिधी जिल्ला आउनेक्रम चलिरहेको सभापती भरत कुमार स्वाँरले बताए । मतदान गर्नका लागि भोटिगं कार्ड, नागरिकता वा परिचय खुल्ने पत्र साथमा राख्न आग्रह गरिएको छ ।

पार्टीको बिपी स्मृती भवन मंगलसैनमा भएको बैठकले उक्त निर्णय गरेको हो । बैठकले जिल्ला अधिबेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्ने लगायतका निर्णय पनि गरेको छ ।

यस्तै बैठकमा महामन्त्री मेघराज खड्का र प्रदेश सदस्य भक्त ठकुल्लालाई सम्मान गरिएको छ । सभापती भरत कुमार स्वाँर लगायतका नेताहरुले खाँदा र अबिर लगाएर सम्मान गरेका थिए ।

जिल्ला सभापतीका लागि ४ जना दौडमा रहेका छन् भने अन्य पदका लागि पनि आकांक्षीहरु धेरै नै देखिएका बुझिएको छ ।