मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धेश्वरको कालभैरव टोलमा कांग्रेसको टोल कार्यसमिति गठन

सिद्धेश्वरको कालभैरव टोलमा कांग्रेसको टोल कार्यसमिति गठन


अछाम । साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरको कालभैरव टोलमा नेपाली कांग्रेसको टोल कार्यसमिति गठन गरिएको छ । टोल भेलाले हेमराज कुँवरको सभापतित्वमा १५ सदस्यीय टोल कार्यसमिति गठन गरेको हो । भेलाले उपाध्यक्षमा गोबिन्द कुँवर,सचिबमा जगत कुँवर,कोषाध्यक्षमा ज्ञानेन्द्र कँुवर,सहसचिबमा चेतमान कुँवर,सदस्यहरुमा बिक्रम कँुवर,हिमाल कँुवर,धन बहादुर कुँवर,बम बहादुर कुँवर,रामकली कुँवर,सिता पौडेल खड्का,सर देबी कुँवर,सुरज सोनी,गणेश कुँवर जबरालाई चयन गरेको छ । त्यसैगरी ६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । समितिमा नेपाली कांग्रेसका सुदुरपश्चीम प्रदेश सदस्य मेघराज खड्का,सुरत बहादुर कँुवर,बिक्रम कुँवर,मोहन कुँवर,जगत बहादुर कँुवर रहनु भएको छ । कार्यक्रममा उपस्थीति नेपाली कांग्रेसका क्षेत्रिय सभापति कृष्ण बुढाले टोल समिति गठन गर्नुको उदेश्य,टोल समितिले गर्नुपर्ने गतिबिधिका बारेमा जानकारी गराउनु भएको थियो । सभापति बुढाले आसन्न आम निर्वाचनमा कांग्रेसलाई मजबुत बनाउन टोल समितिको महत्वपुर्ण भुमिका रहने भएकाले दृढ सकल्पका साथ लाग्न आग्रह गर्नु भयो । कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति ज्ञानेन्द्र कुँवरले टोल समितिहरुमा युवाहरुलाई प्राथमिकता दिएको भन्दै जोस जागरका साथ गतिबिधि सञ्चालन गर्न सुझाब दिनु भयो । भेलामा वडा सदस्यहरु बल बहादुर कुँवर,पबित्रा कुँवर,पुर्ब क्षेत्रिय सचिब रुपकर्ण कुँवर,पुर्ब तरुणदलका सदस्य जगत बहादुर कुँवर लगायतका नेता कार्यकर्ताको उपस्थीति रहेको थियो ।