मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद गाँउपालिकामा पहिलो पटक बिजुली पुग्यो

तुर्माखाँद गाँउपालिकामा पहिलो पटक बिजुली पुग्यो


अछाम । जिल्लाको पूर्वी क्षेत्रमा रहेको तुर्माृखाँद गाँउपालिकामा पहिलो पटक बिजुली बत्ति पुगेको छ । राष्टिय प्रसारण लाईन अन्र्तगत पहिलो पटक पालिकामा बिद्युत पुगेको गाउँपालिकाले जनाएको छ ।

सोमबार एक कार्यक्रमका बिच राष्टिय प्रसारण लाईनको उद्घाटन गरिएको पालिका अध्यक्ष पुष्पराज शर्माले बताए । पालिकाको अथक प्रयास पछि बिजुली बत्तीको लाइन विस्तार भएसैगं आज उदघाट्न गरिएको उनको भनाई छ ।

सदरमुकाम मंगलसैन देखि करिब ६० किलाेमिटर काे दुरिमा रहेकाे तुर्माखाँद गाउपालीकाकाे केन्द्रमा  बिधुत पुग्दा स्थानिय बासिन्दाहरु हर्सित भएका छन । गाउपालीकाले एक औपचारिक कार्यक्रमकाे आयाेजना गरि वडा नं. ४ काे कार्यालयमा बत्ती बालेर उद्घाटन गरेकाे थियो ।

गाउपालीका अध्यक्ष पुष्पराज शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुवर रहेका थिए । प्रमुख अतिथिकाे आसन बाट बाेल्दै कुवरले गाउपालीका सरकारले जनताकाे अपेक्षा अनुसार काम गरेकाे बताउदै बिजुली पुगे पछि यहाका जनताले विभिन्न उद्योग धन्दा सञ्चालन गरि आफ्नाे आय स्तर बढाउन सक्ने बिश्वास ब्यक्त गरे ।

कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला समन्वय समितिका उप प्रमुख टाेप बहादुर रावलले जिल्लाकाे बिकट क्षेत्रमा बिजुली पुग्दा याँहाका जनताकाे आर्थिक स्थितिमा सुधार हुने र बिधुतिय कामकाज गर्न सहज हुने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता बुढा, प्रमुख जिल्ला अधिकारी बिश्व राज मरासिनी, जिल्ला प्रहरी कार्यलय प्रमुख रबि राज थपलिया, प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढा, रास्टिय अनुसन्धान प्रमुख  गणेश चन्द, विद्युत कार्यलय प्रतिनिधि चित्र बजगाइ, कृयाशिल राजनितिक पार्टीका प्रतिनिधिहरु, गाउँपालिका सबै वडा का  अध्यक्षहरु, कार्यपालिका सदस्य, गाउँ सभा सदस्यहरु, पत्रकार  लगायत सर्बसाधारहरुको उपस्थिति रहेकाे थियाे

निर्वाचनका बेला गाउपालीकामा केन्द्रीय प्रसारण लाईन पुर्याउने प्रतिबद्धता थियाे कार्यक्रमका अध्यक्ष एबम पालिका अध्यक्ष पुष्पराज शर्माले भने आज आएर सो प्रतिबदता पूरा भयाे। अब गाउपालीकाकाे सबै वडाहरुमा छिट्टै बिजुली बिस्तार गरिने याेजना रहेकाे अध्यक्ष सर्माले बताए ।