मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनमोहन कलेजको १५औ वार्षिकोत्सव सम्पन्न

मनमोहन कलेजको १५औ वार्षिकोत्सव सम्पन्न


क्याम्पसले गुणस्तरीय तथा सीप मुलक शिक्षा प्रदान गर्न सफल भएकोमा मुख्यमन्त्री पाण्डेद्वारा प्रशंसा व्यक्त

काठमाडौँ : मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको १५औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ।

सोल्टीमोड काठमाडौमा रहेको कलेजको सोमबार एक कार्यक्रमका बीच वागमती प्रदेशका मुख्यमन्त्री माननीय राजेन्द्र प्रसाद पाण्डेले पानसमा बत्ती वालेर १५औ वार्षिकोत्सव कार्यक्रमको उदघाटन गरे।

प्रमुख अतिथि रहेका मुख्यमन्त्री पाण्डेले २०६४ सालमा स्थापना भएको क्याम्पसले गुणस्तरीय तथा सीप मुलक शिक्षा प्रदान गर्न सफल भएकोमा प्रसन्नता व्यक्त गरे। साथै उनले उक्त कार्यमा सम्लग्न व्यवस्थापन समिति शिक्षक, बिद्यार्थी, कर्मचारी र अभिभावकहरुलाई धन्यवाद दिए।

संस्थाको प्रगतिको कामना गर्दै मुख्यमन्त्री पाण्डेले आगामी बर्ष क्याम्पस विश्वविद्यालयमा रुपान्तरण हुन सक्ने उल्लेख गरे। सस्थाको कार्यवाहक अध्यक्ष जीवन प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्षले सस्थाको प्रगति विवरण प्रस्तुत गर्दे भविष्यको योजना सहित उत्कृष्ट तथा छात्रवृति प्राप्त बिद्यार्थीहरुलाई बधाई दिए।

अवको शिक्षा सीपमा आधारित प्रतिस्प्रधात्मक हुनुपर्ने उनले बताए । वार्षिकोत्सव कार्यक्रमका बिशेष अतिथी तथा चिकित्सा शास्त्र अध्ययन सस्थानका सहायक डीन प्रा डा प्रदिप बैधले क्याम्पसले पढाउने गरेको शिक्षा उत्कृष्ट रहने गरेको वताए।

कार्यक्रममा सविधान सभा सदस्य तथा पूर्वराजदुत डा बशिधर मिश्र, मनमोहन शिक्षण अस्पतालका प्रवन्ध निर्देशक केदार सेन्चुरी, नेपाल नसिङ्ग परिषद्का अध्यक्ष सरला केसी, नेपाल फार्मेसी परिषद्का रजिष्ट्रार सञ्जिव पाण्डेले शुभकामना मन्तव्य दिएका थिए।

सहायक क्याम्पस प्रमुख प्रा डा सुजन वावु मरहट्टाको स्वागत मन्तब्य बात सुरु भएको कार्यक्रमको समापन क्याम्पस प्रमुख प्रा बिष्णु भट्टराईले गरेका थिए ।

कार्यक्रममा निवन्ध लेखन प्रतियोगितामा प्रथम हुने विद्यार्थी र यस वर्षको उत्कृष्ट शिक्षिका राधा कुमारी पौडेल र उत्कृष्ट कर्मचारी गंगा वानिया लाई प्रमुख अतिथीले प्रमाण पत्र तथा दोसल्ला ओडाई अभिनन्दन गरे।

साथै सो अवसरमा MMIHS सोभिनियर बिमोचन तथा मनमोहन स्मृति छात्रवृति र हरि देउसा राई छात्रवृति प्राप्त बिद्यार्थीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।

यस्तै विश्वविद्यालयको अन्तिम परीक्षामा क्याम्पसवाट उत्कृष्ट बिद्यार्थीहरुलाई प्रमाण पत्र तथा सिल्ड प्रदान गगरिएको थियो भने क्याम्पसले क्याम्पस दिवसको अवसरमा रक्तदान कार्यक्रम तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।