मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीर्थ गएका मंगलसेन ६ का समाजसेवी भण्डारीको जिमराडीमा डुबेर मृत्यु, सिंगाे गाउँ शाेकमा

तीर्थ गएका मंगलसेन ६ का समाजसेवी भण्डारीको जिमराडीमा डुबेर मृत्यु, सिंगाे गाउँ शाेकमा

सुदूर आज

टेकराज भण्डारी, अछाम।

अछाममा तीर्थ गर्न गएका एक पुरुषकाे डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ६ का हरिप्रसाद भण्डारीका छाेरा करिब ५२ बर्षका बेद प्रसाद भण्डारीकाे नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हाे ।

मंगलसेन नगरपालिका वडा नम्बर ३ मा कैलाशखाेला र बुढीगंगा नदीकाे दाेभान जिमराडीमा नुहाउने क्रममा नदीकाे भंगालाेमा परी डुबेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले बताए । आज बुधबार दिउसाे करिब ३ बजेकाे समयमा डुबेर मृत्यु भएको घटनास्थलमा रहेका बालकृष्ण भण्डारीले जानकारी दिनुए ।

मृतक भण्डारी पूर्व शिक्षक तथा पूर्व प्रधानपञ्च समेत हुन् । स्थानीय गंगा माध्यमिक विद्यालयकाे पूर्व प्रधानाध्यापकका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका थिए । हाल ठुलासैन बजारमा व्यापार व्यवसाय गर्दै आउनुभएका भण्डारीकाे निधनले सिंगाे गाउँ शाेकमा परेकाे छ । उनि तत्कालिन जिल्ला विकाश समिति अछामका पूर्व सभापति हरि प्रसाद भण्डारीका छोरा हुन्।

तीर्थ जान भन्दै मंगलबार घरबाट हिँडेमा भण्डारी सहित गाउँबाट करिब ३०/४० जनाकाे टाेली आज तीर्थस्थल जिमराडीमा पुगेकाे थियाे । उनलाई बचाउन गएका अन्य २ जना सामान्य घाईते भएका जनाइएको छ ।

उक्त स्थानमा गत चैत्र ३ गते मलामी गएका मंगलसेन ३ लाछिमानाका करिब २८ बर्षका पुरुष मीन बहादुर ढाेलीकाे पनि अस्तु सेलाउने क्रममा डुबेर मृत्युु भएको थियाे ।

घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरिक्षक गंगादत्त बडुकाे नेतृत्वमा प्रहरी टाेली परिचालन गरिएको अछाम प्रहरीले जनाएको छ ।