मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनाली झरना प्रबेशद्धार र सिडी निर्माणको काम गुणस्तरहिन भएको आरोप

जनाली झरना प्रबेशद्धार र सिडी निर्माणको काम गुणस्तरहिन भएको आरोप


अछाम । जिल्लाको आन्तरिक पर्यटकिय तथा धार्मिक क्षेत्रका रुपमा रहेको मंगलसेन नगरपालिका वडा नं. ७ मा पर्ने जनाली झरनाको प्रबेशद्धारको काम गुणस्तरहिन भएको पाईएको छ । प्रबेशद्धारा संगै झरनासम्म जान आउनका लागि बनाईएको सिडीमा समेत गुणस्तर हिन काम भएको स्थानियले बताएका छन् ।

आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले झरना क्षेत्रमा जादाँ पहिचान स्वरुप बनाइएको गेट तथा सिडीको काम गुणस्तहिन भएको स्थानिय सभाजसेवी अगुवा बिष्णु बहादुर खड्काले बताए । नगरपालिका तथा वडाको बजेट मार्फत बन्न हुन लागेको गेट तथा सिडीको निर्माण कार्य सम्पन्न नहदै गुणस्तहिन काम देखिएको उनले बताए ।

खड्काका अनुसार गेट र सिडीको निर्माण कार्यमा गुणस्तहिन सामाग्री प्रयोग गरेको तथा गेट र सिडीको भित्री भाग ढाकछोप गरी बाहिरी सिमेन्टको लेपन लगाउने काम मात्र भएको बताए । गेट र सिडी निर्माण कार्यको अवस्था हेर्दा ठेकेदारको लापरबाही रहेको स्थानियले बताएका छन् ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मङ्गलसेन नगरपालिकाको आर्थिक सहयोगमा जनाली झरनाको गेट र सिडी निर्माणको काम सुरु गरिएको थियो । तर गेट र सिडी निर्माणको कामको सुरुमा नै गुणस्तहिन काम भएको पाइएको हो ।

यता मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले स्थानीयहरू बाट नै गेट र सिडी निर्माणको काम गुणस्तहिन भएको भन्ने गुनासो सुनेको तर आफले प्रत्यक्ष अनुगमन नगरेको बताए । गेट र सिडी निर्माणका ठेकेदारलाई अनियमितता नगरी गुणस्तरीय काम गर्न निर्देशन दिइसकेको नगर प्रमुख बोहराले बताए ।

जनाली झरना तत्कालीन अछामको कालागाउँ गाविसको कालापानीको हिमिने लेखबाट मुहान भई बग्ने रवा खोला अन्र्तगत पर्दछ । मनामोहक रुपमा रहेको झरना पर्यटन तथा धार्मिक हिसाबले समेत महत्वपूर्ण मानिएको छ । उक्त झरना हेर्न पछिल्लो समयमा आन्तरिक पर्यटकको घुईचो लाग्ने गरेको छ ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fyogyatri.bishnu%2Fposts%2F1044362419770337&show_text=true&width=500