मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिप्रका अछामद्वारा चौमासिक कार्य प्रगती सार्वजनिक

जिप्रका अछामद्वारा चौमासिक कार्य प्रगती सार्वजनिक

सुदूर आज

अछाम : जील्ला प्रशासन कार्यालय अछामले २०७८ मँसीर १४ देखी २०७८ चैत्र मसान्त सम्म सम्पादन गरेका समग्र कार्यहरुको चौमासिक कार्यप्रगती सार्वजनिक गरेको छ । कार्यालयले चौमासीक कार्यप्रगति विवरण,समस्या,चुनौती र सम्भावनाहरु सार्वजनिक गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीद्धारा हस्ताक्षरित चौमासिक कार्यप्रगती प्रत्रमा राजनैतिक दल,संघ,सस्था तथा स्थानिय निकायसँग विकास निमार्ण,शान्ति सुरक्षाका लागि छलफल तथा समन्वय गरेको र निर्माणधिन स्वास्थ्य चौकीको अविलम्ब सम्पन्न गर्न कार्य सुरु गरेको उल्लेख गरिएको छ ।

साथै शितलहर चिसोबाट बच्न रामारोशनको अल्लेरी,मेल्लेख गाउपालिका १ र २ ढकारी गा पा ४ लगायतका स्थानमा करिब ४ लाख बराबरको न्यानो कपडा वितरण गरेको विवरणमा सार्वजनिक गरेको छ । कार्यालयले स्थानिय निवार्चन लक्षित कार्यक्रम,ओमिक्रोन नियन्त्रण को रोकथामलागि कmबचत यिअपमयधल को व्यावस्थापन खोप व्यावस्थापन,बुढीगँगा आयोजना कार्य अगाडी बढाउन टेण्डर आव्हान,रुख कटानमा काटिने रुखको गणना कार्य सूरु भईरको,जिल्लामा रहेका ठुला,मभmौला र राष्ट्रिय गौरवका आयोजना सुरु गरि सम्पन्न गर्न छलफल अगाडी बढाईको उल्लेख गरिएको छ ।

विभिन्न प्राकृतिक प्रकोप लगायतका घटनाका क्रममा हेलिकप्टर ,एम्बुलेन्सबाट उद्धार गरिएको समेत उल्लेख गरिएको छ । अछाम दरबारको कार्य पुरा गर्न नसक्नु रामारोशन पुग्ने सडकहरु मध्ये १ सडकको निर्माणका लागि ठेकादारलाई कार्य गराृन नसक्नु, जनचेतना,सामाजिक कुरिति,छाउपडि लगायतका लैङ्खीक हिसाँ,जातिय विभेदमा चाहेनुरुप कमि ल्याउन नसक्नु,र घरेलु जाँड,रक्सी उत्पादन र प्रयोग रोक्न नसक्नु लाई मुख्य चुनौतीहरु लिइएको छ ।

सक्षम,दृढसँकल्पी,समयसापेक्ष र जनताको भावना बुझने जनताद्धारा निर्वाचित प्रतिनिधिहरुको संलग्नतामा तल्लो तहबाट स्थानिय सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधारलाई बलियो बनाउन सकिने, सबै सार्थक सहयोगमा जिल्लामा शान्तिपुर्ण,अमनचयनको वातावरण,जीउधनको सुरक्षा प्रदान गर्न सकिने,वातारणमैत्री विकासको वातावरण तयार गर्दै अपुर्ण कार्यलाई पुर्णता दिन सकिने,जिल्लामा विकास निमार्णले ठुलोछलाङ्ग मार्न सकिने र विधुत आयोजना सुरुभई रोजगारीको अवसर बृद्धि हुने र कृर्षि क्षेत्रमा आत्मनिर्भर हुन सकिने सम्भावना समेत चौमासिक कार्यप्रगतीमा उल्लेख गरिएको छ ।