मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रिय एफएमका कार्यकारी निर्देशक चौरपाटी गाउँपालिकाको अध्यक्षको लागि सिफारिस

जनप्रिय एफएमका कार्यकारी निर्देशक चौरपाटी गाउँपालिकाको अध्यक्षको लागि सिफारिस


अछाम : रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक, एवम् समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य , नेपाल पत्रकार महासंघ सुदुरपश्चिम् सदस्य तपेन्द्र कुँवर चौरपाटी गाउँपालिकाको अध्यक्षको लागि सिफारिस भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) ले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चौरपाटी गाउँपालिकाको अध्यक्षमा सिफारिस गरेको हो । २०६४ सालमा धनगढीको दिनेश एफएमबाट कुँवरले पत्रकारिता सुरुवात गर्नुभएको थियो । स्नातकोत्तर सम्मको अध्ययन गर्नु भएका कार्यकारी निर्देशक कुँवरले धनगढीबाट प्रकाशित सुदुर सन्देश दैनिक, मनिङ्ग वेल दैनिक, पश्चिम् टुडे रेडियोमा समाचार प्रमुखको जिम्मेवारी समेत निर्वाह गरेका थिए।

पाँच वर्ष देखि रेडियो जनप्रिय एफएम कार्यरत कुँवर अछामको विकास निर्माण देखि सुशासन, सामाजिक रुपान्तरण विषयमा वहस गर्दै आएका छन्। युवाहरुले गुनासो मात्र गरेर भएन, बिग्रिएको राजनीति सुर्धान र गाउँको विकास गर्न उम्मेदवारी दिने निर्णयमा पुगेको कुँवरको भनाई रहेको छ ।

गाउँपालिकाको अध्यक्षमा आफुले टिकट पाएमा गाउँको विकास, सुशासन र समृद्धिका लागि काम गर्ने बताए। सडकको स्तरउन्नति, शिक्षामा गुणस्तर, बहुमुखी क्याम्पसको स्थापना , जनताको जिवनशैली परिवर्तन गर्ने कार्यक्रम अधि बढाउने अध्यक्षका प्रत्यासी कुँवरको भनाई रहेको छ ।

यस्तै वडाको भुगोल अनुसार कृषि र पशुपालन व्यवसायलाई पकेट क्षेत्रको अवधारणाबाट अधि बढाउने योजना रहेको जानकारी दिए। पत्रकारिताको नजरबाट उठान गरेका सवाललाई जनप्रतिनिधि भएपछि समाधानको लागि पहल गर्ने बताए ।

पार्टीले उम्मेदवार बनाएपछि आफूले चुनाव जित्ने र पालिकालाई अझ उचाइमा लैजाने योजना आफूसित रहेको बताए अध्यक्षका अन्य उम्मेदवारले आफुलाई अध्यक्षमा सहयोग गर्ने पनि विश्वास व्यक्त गरे ।