अछाम । अछाम वाट एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । रामारोशन गाउँपालिका ४ बाटुलासैन छडेनाकी अम्बकला विकको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
शुक्रवार बिहान बाटुलासैन स्वास्थ्य चौकीमा प्रसुतीका लागी ल्याइएकी विकले छोरीलाई जन्म दिइन् ।
तर बच्चा जन्मिसकेपछि पनि उच्च रक्तस्राव हुँदा उहाँलाई सेति प्रदेशिक अस्पताल रेफर गरिएको महिला स्वास्थ्य संयम सेवीका मनसरादेबी खत्रीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार नन्दराज उपाध्यायको पहलमा उहाँको उद्धार गरिएको हो ।
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2022/05/4221866B-142E-4BC7-9862-B1BC631C4929.jpeg?resize=712%2C608&ssl=1)
प्रतिक्रिया