मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका ५५ पालिकाको अन्तिम परिणाम सार्वजनिक (विवरण सहित)

सुदूरपश्चिमका ५५ पालिकाको अन्तिम परिणाम सार्वजनिक (विवरण सहित)


वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये आधा बढी पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। 

 मंगलबारसम्म प्रदेशका ५५ पालिकाको अन्तिम नतिजा आएको छ। अहिलेसम्म नेपाली कांग्रेसले २३ स्थानीय तहमा जित निकालेको छ। यस्तै नेकपा एमालेले २० र नेकपा माओवादी केन्द्रका उम्मेदवार ११ पालिकामा जितेका छन्। 

एउटा पालिकामा भने स्वतन्त्र उम्मेदवारले जित निकालेका छन्। प्रदेशमा अहिलेसम्म एकीकृत समाजवादीले भने खाता खोल्न सकेको छैन। 

नेपाली कांग्रेस विजयी भएका पालिकाहरूः

१) डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
२) बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया
३) बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
४) डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
५) अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउद
६) डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की विजयी
७) डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का
८) अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल
९) अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउद
१०) कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना
११) बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी
१२) बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
१३) बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
१४) डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय
१५) अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउद
१६) डोटीको सायल गाउँपालिका– धर्मराज जोशी
१७) बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल
१८) डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी
१९) अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउद
२०) बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
२१) बझाङको वित्थडचिर गाउँपालिका– अम्मरसिंह महर
२२) डोटीको दीपायल सिलगढी नगरपालिका– बाजिसिंह खड्का
२३) डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी

नेकपा एमाले विजयी भएका पालिकाहरूः

१) बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
२) बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
३) दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर 
४) बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
५) दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
६) डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा
७) कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
८) बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया 
९) कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी
१०) दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी
११) दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर वडाल
१२) बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी (लख्खाभाइ) 
१३) बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत
१४) बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर
१५) बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
१६) दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी
१७) अछामको तुर्माखाद– डम्मरबहादुर बिसी
१८) कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर
१९) बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का
२०) बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की

नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरूः

१) दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी
२) दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
३) दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे
४) डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की
५) डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला
६) दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी
७) बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द
८) बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा
९) डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट
१०) अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद
११) कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी
 

स्वतन्त्र विजयी भएका पालिकाहरूः

१) बैतडीको डिलासैनी गाउँपालिका–सन्तोषप्रकाश जोशी