मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका नवनिर्वाचित ९ पालिका प्रमुखले ईश्वर, देश र जनताका नाममा सपथ लिए

अछामका नवनिर्वाचित ९ पालिका प्रमुखले ईश्वर, देश र जनताका नाममा सपथ लिए


अछाम । अछाम जिल्लाका ९ पालिका प्रमुखले शनिबार सफथ ग्रहण गरेका छन् । जिल्लाको साँफेबगर नगरपालिकाका बाहेकमा नवनिर्वाचित नगर प्रमुख तथा पालिका अध्यक्षले सपथ ग्रहण गरेका हुन् । साँफेबगर नगरपालिकामा भने मतगणना जारी छ ।

जिल्लाको मंगलसैन नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख पदम बहादुर बोहरा, कमलबजार नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकाल, पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने, बान्नीगढी जयगढ गाँउपालिका अध्यक्ष टेक बहादुर साँउद, रामारोशन गाँउपालिका अध्यक्ष मान बहादुर साँउद, चौरपाटी गाँउपालिकाका अध्यक्ष भिम बहादुर साँउद, ढकारी गाँउपालिकाका अध्यक्ष प्रकाश साँउद, मेल्लेख गाँउपालिका अध्यक्ष ज्वाला सिंह साँउद र तुर्माखाँद गाँउपालिकाका अध्यक्ष डम्बर बिसीले सपथ ग्रहण गरेका हुन् ।

जिल्लाको सदरमुकाम रहेको मंगलसैन नगरपालिकाको सभाहलमा नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुले ईश्वर, देश र जनताका नाममा सपथ ग्रहण गरेका छन् । उनिहरुलाई जिल्ला अदालत अछामका न्यायधिश तथा मुख्य निर्वाचन कार्यालय अछामका निर्वाचन अधिकृत मजोज श्रेष्ठले सपथ दिलाए ।

सपथ ग्रहण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनी, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी रबिराज थपलिया, शसस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्मपती डिएसपि जगदिश जोशी लगायतको सहभागिता रहेको थियो ।