मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोली रामारोशनको मुजाबगरमा बृहत साँस्कृती कार्यक्रम हुदैँ

भोली रामारोशनको मुजाबगरमा बृहत साँस्कृती कार्यक्रम हुदैँ


अछाम । अछामको पर्यटकिय क्षेत्र रामारोशनको मुजाबगरमा बृहत साँस्कृतीक कार्यक्रम हुने भएको छ । संस्कृती र प्रकृतीको संरक्षण, पर्यटन प्रर्बद्धनको मुख्य आधार भन्ने नाराका साथ बृहत सास्कृतीक कार्यक्रम आयोजना हुन लागेको हो ।

कलाका माध्यमबाट अछामको पर्यटकिय क्षेत्र रामारोशनको पर्यटन प्रर्बद्धन, संस्कृती एवंम प्रकृतीको संरक्षण गर्ने उद्देश्यले रामारोशनमा असोज ९ गते कार्यक्रम आयोजना गरिएको आयोजक संस्था राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा अछामले जनाएको छ ।

कार्यक्रममा कलाकार नविन सिंह धामी, पदम धामी, दिर्घराज फुलारा, गोपाल नेपाल जिएम, गौरी भट्ट, नरेन्द्र रावल, भिम बिष्ट, कल्पना ढुंगाना र अछामका स्थानिय सबै कलाकारको सहभागी रहने आयोजकले जनाएको छ ।

रामारोशन गाँउपालिका मुख्य प्रर्बद्धक रहेको कार्यक्रमको सहप्रर्बद्धक रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यावस्थापन समिती रहेको राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा अछामका अध्यक्ष जनक कार्कीले बताए ।

साथै सोही कार्यक्रममा राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान अछामको जिल्ला अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।