मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जहाँ औषधी त्यहाँ फार्माशिस्ट

जहाँ औषधी त्यहाँ फार्माशिस्ट


  • काजल जोशी

तड्पिन नपरोस कसैले औषधिको अभावले, यहि छ चाहना !
बिश्व फार्माशिस्ट दिवसको सम्पुर्णमा शुभकामना !!

औषधिको सेवन प्रक्रियाबारे जस्ले गर्दछ्न निर्दिष्ट !
जानी राखौ ज्ञानको कुरा उस्लाइ भन्छन् फार्माशिस्ट !!

औषधि सेवन पछिको प्रक्रिया जनमानसलाइ सिकाउछन !
किन खाने कति र कसरी खाने भनेर नि बताउँछन् !!

औषधिको सुरक्षा अनि, स्वास्थ्यको परामर्श दिन्छन !
औषधि बिक्रेता मात्र हैन, उत्पादनलाइ नि फार्माशिस्ट भन्छन !!

औषधि मात्र खाएर हुन्न, प्रयोगको तरिका नि जान्नु पर्छ ,
कुन रोग के औषधि कति मात्रा भनेर थाहा पाउनु पर्छ !!

बिना फार्माशिस्ट बिना चिकित्सक औषधि सेवन गर्नु हुन्न हेर !
यहि खान नजानेर, शरीर जान सक्छ खेर !!

सामान्य ज्ञान औषधि बारे सम्पूर्ण जनले बुझ्नु पर्छ !
जहाँ औषधि त्यहा फार्माशिस्ट अवस्य नै हुनु पर्छ !!

जोशी फार्माशिस्ट सहायक हुन्