मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा तहल्का पिट्दै कमल सङ्घर्ष, खुडी र सडकको चर्चा

भारतमा तहल्का पिट्दै कमल सङ्घर्ष, खुडी र सडकको चर्चा


भारत गुजरात । गजलकार कमल सङ्घर्षको गजल सङ्ग्रह `खुडी´ र `सडक´लाई स्वागत तथा गजल वाचन कार्यक्रम भारतको गुजरातमा सम्पन्न भएको छ ।

भारतमा `खुडी, सडक र सङ्घर्ष´ नाम दिइएको उक्त कार्यक्रम गुजरातको सुरतबाट सुरु भएको हो । कार्यक्रम भारतका विभिन्न पाँच ओटा शहरहरूमा गरिँदै छ ।

उर्जावान युवा समुह गुजरात, भारतको आयोजनामा मंगलबार सम्पन्न भएको कार्यक्रममा साहित्यप्रेमी नेपालीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा गजलकार सङ्घर्षले १ दर्जनभन्दा बढी अछामी र नेपाली भाषाका गजल सुनाएका थिए ।

कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूले गजल सुनेर आनन्द लिनुका साथै वाहवाहीले कार्यक्रममा रौनक थपेका थिए । खुडी गजलसङ्ग्रह विमोचनपश्चात पश्चिम नेपालमा आधा दर्जन चर्चापरिचर्चा तथा एकल गजल वाचन कार्यक्रम सकाएका सङ्घर्षले भारतमा समेत आधा दर्जन शहरमा गजल सुनाउने भएका हुन् ।

प्रवासमा रहेका नेपालीहरूले संयोजन गर्ने उक्त कार्यक्रमहरूले नेपाली गजल साहित्यलाई वृहत बनाउन सहयोग गर्ने अपेक्षा गजलकार सङ्घर्षले गरेका छन् । सुरतसँगै भरुचा, हैदरावाद, मुम्बई र पुणेमा पनि कार्यक्रमको संयोजन भएको छ ।

पछिल्लो समय अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा समेत सक्रिय रहेका सङ्घर्ष नौखुवा छमास्या पत्रिकाका प्रमुख सम्पादक समेत हुन् । उनका कैफियत २०७० संयुक्त गजलसंग्रह, सडक २०७३ एकल गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा विभिन्न फुटकर लेखरचना प्रकाशित छन् । प्रथम पटक रचना वाचनले प्रकाशन गरेको सडकको दोस्रो र तेस्रो संस्करण शिखा बुक्सले प्रकाशन गरेको हो ।