मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनितिलाई समाजसेवाको रुपमा लिएको छु, जनताका लागि समर्पित भएर काम गर्छु : मेघराज खड्का

राजनितिलाई समाजसेवाको रुपमा लिएको छु, जनताका लागि समर्पित भएर काम गर्छु : मेघराज खड्का


‘परिवर्तनका लागी गठबन्धनलाई जिताउन आग्रह’

अछाम : निर्वाचन क्षेत्र नम्बर १ अन्तगत प्रदेश सभा क को गठबन्धनको घरदैलो कार्यक्रम साँफेबगर नगरपालिका १० घुघुरकोटमा सम्पन्न भएको छ ।

घरदैलो कार्यक्रममा गठबन्धनका प्रदेस सभा क का उमेदवार नेपाली काग्रेस सुदुरपस्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले आफुले सधै अछामको र यहाँका नागरिकको हितका निम्ति काम गर्दै आईरहेकोले अब प्रदेशमा जिताएर जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्ने अबसर दिन आग्रह गरे ।

उनले ब्यक्तिगत लाभ भन्दापनि सामाजिक लाभका लागी काम गर्दै आईरहेको उल्लेख गर्दे परिबर्तनका लागी गठबन्धनलाई जिताउन आग्रह गरे । नेता खड्काले सधै राजनितिलाई समाज सेवाको रुपमा मात्र आफुले हेरेको भन्दै जहिले जुन सुकै अवस्थामा पनि जनतामा समर्पित हुने बताए ।

घरदैलो पश्चात आयोजित कोण सभा कार्यक्रममा नेपाली काग्रेसका नेता ध्वज बहादुर कुवर,नेपाली काग्रेस सुदुरपश्चीम प्रदेश कार्यसमिति सदस्य रुपा आउजी,क्षेत्रिय सभापति कृष्ण बुढा,नेकपा एकिकृत समाजवादीका सुदुरपश्चीम कमीटी सदस्य जित बहादुर निशानी,नेकपा माओवादी केन्द्रका सुदुरपश्चीम कमीटी सदस्य मनोज रावल,नेकपा माओवादीका गंग बहादुर रावत,समाजवादीका जिल्ला कमीटी सदस्य भरत खड्का,काग्रेस नेता रेवन्त बोगटी,पुर्ब वडा पाटी सभापति हिमकर्ण रावत लगायतले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।

घरदैलो कार्यक्रममा नेपाली काग्रेसका महासमिति सद्स्य भगवति खनाल, तपेन्द्र खड्का, जयन्द्र स्वार, नेकपा एकिकृत समाजवादीका जिल्ला उपसचिब हिक्मत कुवर,नेपाली काग्रेसका प्रदेस सभापति महेस खड्का, नेपाली नगर सभापति लाल बहादुर कुवर, समाजबादिका नगर कमीटी अध्यक्ष मुकेश सुनार,समाजबादिका नगर सचिब पृथ्वी कुवर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन काग्रेस नेता भक्त कुवरले गरेका थिए ।