मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एलपी शर्माको संग संगै सार्वजनिक ( भिडियो सहित )

एलपी शर्माको संग संगै सार्वजनिक ( भिडियो सहित )


काठमाडौँ : साहित्यप्रेमी तथा गीतकार समेत रहेका प्रशासक लक्ष्मी प्रसाद शर्मा (एलपी शर्मा) को एक अर्को लोकप्रिय गीत सार्वजनिक भएको छ ।

यस अघि लोकप्रिय अछामको छाउपडी कुप्रथा बिरुद बुलन्द आवाज बोकेको चेतनामुलक सहितको “लिलु” पस्केर राम्रो प्रतिक्रिया पाउन सफल शर्माले संग संगै सार्वजनिक गरेका हुन् । यसमा शर्मा संगै उनको टिमको साथ छ ।

लोकप्रिय गायक प्रताप दास र अनु चौधरीको सुमधुर स्वरमा नयाँ म्युजिक भिडियो ‘सँग सँगै जुनी काटौँला ’ सार्वजनिक भएको हो । प्रेम भाव झल्काउने यस गीतमा शब्द एल.पी शर्मा र रोहित देउवाको छ भने युवा सङ्गीतकार रोहित देउवाले प्रेमिल शब्दहरूको सम्मिश्रणमा सङ्गीत भरेका छन् ।

म्युजिक भिडियोमा सर्वप्रिय अभिनेत्री सञ्चिता लुइँटेल, एल पी शर्मा, भद्र जङ्ग कुँवर र मिस पवि फिचर्ड छन् । भिडियोमा युगल जोडी लाई प्रस्तुत गरिएको छ, एउटा जोडी गरिब भएपनी एक अर्का सँग निकै प्रेममा देखिन्छन् र सुखी जीवन बिताएको देखिन्छ भने अर्को जोडी धन सम्पतिमा सम्पन्न छन् तर पनि खुसी देखिँदैनन् ।

गीतको यस भिडियोले भविष्यको खुसीका लागि वर्तमानको खुसी लाई नमारौँ भन्ने सन्देश दिएको छ । भिडियोमा अनिल के मानन्धरको छायाङ्कन रहेको छ भने गौरव गिरीको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘रिदम भीड’ को आधिकारिक च्यानलमा सार्वजनिक गरिएको छ ।

अछाम जिल्लाको साँफेबगर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत समेत रहेका शर्मा आबद् यो तेश्रो कोशेली हो, यस अघि आस्था समेत सार्वजनिक भएको थियो ।

म्युजिक भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

https://youtube.com/watch?v=MiFZ5uLteOk