मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालापाटा अस्पतालको बिषयमा संसदमा बिषेश समय लिएर बोल्नेछु : पूर्व अर्थ मन्त्री पौडेल

बयालापाटा अस्पतालको बिषयमा संसदमा बिषेश समय लिएर बोल्नेछु : पूर्व अर्थ मन्त्री पौडेल


अछाम : प्रतिनिधी सभा सदस्य एवं पूर्व अर्थ मन्त्री बिष्णु पौडेलले बयालापाटा अस्पतालले प्रदान गरिरहेको निशुल्क गुणस्तरीय स्वास्थ्य सेवाका बिषयमा संसदमा बिशेष समय लिएर बोल्ने बताएका छन् ।

बयालापाटा अस्पतालले जनताको स्वास्थ्यमा पुर्याएको योग्दान महत्वपूर्ण भएको भन्दै यसका बारेमा संसदमा कुरा राख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेकपा एमालेको ग्रासरुट अभियानका क्रममा अछाम पुगेका नेता पौडलले बयालपाटा अस्पतालको अनुगमन निरक्षण पश्चात बोल्दै आफुहरु अहिले प्रतिपक्षमा भएपनि सरकारमा भएका बेला बयालपाटा अस्पताललाई महत्वका साथ अघि बढाउनका लागि उचित निर्णय गरिने बताए ।

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष समेत रहेका नेता पौडेलले बयालपाटा अस्पतालले प्रदान गरिरहेको निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा अनुसरण गर्न लायक भएको भन्दै प्रशंसा व्यक्त गरेका थिए ।

साथै उनले बयालपाटा अस्पतालको अनुभवलाई देशका अन्य भागका अस्पतालमा समेत प्रयोग गर्न सकिने समेत बताए ।