मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सकरात्मक सन्देश दिने गरी काम गर्छु : मुख्यमन्त्री शाह

सकरात्मक सन्देश दिने गरी काम गर्छु : मुख्यमन्त्री शाह


अछाम । सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफुले लिएको नेतृत्वलाई सफल बनाएर सकरात्मक सन्देश दिने गरी काम गर्ने बताएका छन् ।

नेपाली काग्रेस क्षेत्र नम्बर १ प्रदेश सभा क को आयोजनामा मुख्यमन्त्री कमल बहादुर शाह र भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवालाई आज स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले शाहले सुदुर पश्चिम प्रदेशको विकासका लागि आफु प्रतिबद्ध रहेको बताएका हुन् ।

मन्त्री शाहले आफ्ना व्याक्तिगत स्वार्थ त्यागेर प्रदेशको बिकास निर्माणमा लाग्ने साथै भष्टचार अन्त्य गरी प्रदेशलाई शान्ति र सम्वृद्ध बनाउने दाबि गरे ।

मुख्यमन्त्री शाहले साना साना टुक्रे योजना,व्यक्तिगत योजना र कमिस र झ्यालबाट आउने योजनाको अन्त्य आफ्नो कार्यकालमा हुने र यसका लागि कर्मचारी जनप्रतिनिधिबीच सहकार्य आवश्यक रहेको बताए।

उनले भ्रष्टाचार नियन्त्रण र सुशासन पक्षमा कोहि कसैसँग पनि सम्झौता गर्ने बताए । साथै कार्यक्रमका बिशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश भौतिक मन्त्री प्रकाश देउवाले आफ्नो ठाउका योजना छनोट गर्दा जनताको आवश्यकता अनुसार भए बजेटको व्यावस्था हुने बताएका छन् ।

साथै उनले पहाडि जिल्लामा चाहे जस्तो सेवा सुविधा नहुदा बसाईसराई बढीरहेकाले त्यसलाई रोक्न तीनै तहको सरकारले पहल गर्नु पर्ने बताए । स्वास्थमा सहज पहुँच,शिक्षामा गुणस्तर र गाउँघरमै रोजगार , पर्यटन प्रबर्धन,पूर्वाधार जस्ता विषयलाई जोडेर काम गर्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य मेघराज खड्का, नेपाली काग्रेसका केन्द्रिय सदस्य गोबिन्द शाह, पुर्ब जिल्ला पार्टी सभापति भरत कुमार स्वार, क्षेत्रिय सभापति कृष्ण बुढा लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा क्षेत्रिय सभापति कृष्ण बुढा र प्रदेश कार्यसमिति सदस्य रुपा आउजीले समग्र बिकास निमार्ण र समसामयिक बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य प्रदेश उपाध्यक्ष बिमल कुँवर र सञ्चालन प्रदेश सचिब संगीता केसीले गरेका थिए ।