मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबैले आ-आफ्नो दायित्व वहन गरे मात्रै पार्टी चलायमान हुने कार्यबाहक सभापती बजगाँईको भनाइ

सबैले आ-आफ्नो दायित्व वहन गरे मात्रै पार्टी चलायमान हुने कार्यबाहक सभापती बजगाँईको भनाइ

कसैले पनि गुटको राजनीति गर्न नहुनेमा जिल्ला कार्यसमिति सदस्य भण्डारीको जोड


अछाम : नेपाली कांग्रेस अछामले अहिले जिल्लाभर संगठन सुद्धढीकरणका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । केन्द्रको निर्देशन अनुसार जिल्लाभर कार्यक्रमहरु सञ्चालन भईरहेका कांग्रेस अछामले जनाएको छ ।

केन्द्रको परिपत्र अनुसार वडा सम्मेलन, नगर तथा गाँउ सम्मेला, प्रदेश सभा सम्मेलन, क्षेत्र सम्मेलन र जिल्ला सम्मेलन अन्र्तगत अहिले वडा तहका कार्यक्रमहरु भईरहेका कांगेंस अछामका जिल्ला कार्य समिती सदस्य जनकराज भण्डारीले बताए ।

सोही अनुसार मंगलसैन नगरपालिका अन्र्तगतका वडाहरुका कार्यक्रम भईरहेका छ । बिहिबार वडा न ५ को वडा भेला, नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कार्यसमिति अछामको सँगठन सुद्धिढिकरण अभियान अन्र्तगत वडा भेला सम्पन्न भएको हो ।

वडा कार्यसमितिका सभापति प्रेम प्रशाद भाटको सभापतित्वमा भएको वडा भेलामा कार्य बाहक जिल्ला सभापति नयाराम बजगाई प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि बजगाईले संगठन निर्माण र सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई अनुरोध गर्दै सबैले आफ्नो दायित्व वहन गरे मात्रै पार्टी चलायमान हुने भनाइ राखे ।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला कार्यसमिति सदस्य एवंम नगर संयोजक जनकराज भण्डारीले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता औल्याउँदै कसैले पनि गुटको राजनीति गर्न नहुनेमा जोड दिए । युवाहरुले गुटलाई बढुवा दिने खालका गतिविधि गर्न नहुने उनको भनाई छ ।

कार्यक्रममा,जिल्ला कार्य समिति सदस्य सरिता विक, पूर्व क्षेत्रिय सभापती डण्ड प्रसाद भाट, प्रदेश सभा उप स भापती रामचन्द्र ढुंगाना, प्रतिनिधि भोजराज भाट, नगर सभापती झपट रालल, नगर सहसचिव रामप्रसाद भाट, नगर सदस्य राजेश भाट, कर्मचारी युनियनका धर्मराज ढुंगाना, भुमिन्नद ढुंगाना, नेविसंघका पूर्व जिल्ला सदस्य हेमराज भाट, पुर्व वडा सदस्य तुलाराम भाट, नृप खड्का, क्षेत्रीय प्रतिनिधि लगायत नेता कार्यकर्ताहरूको सहभागीता रहेको थियो ।