मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जौ साई !

जौ साई !


बा, बाजे र परबाजे सुध्ध !
तमरै जय खायमी तमरै भलाइमी
हाड छाला घोटि रया, भन्नै रया-
जौ साई! जौ साई !! जौ साई !!!

तमले कैलै जौ साई की लेख
कैलै जौ साई नई फर्काया
बरू सधाई भनी रया –
बाँची रहैइ !

मुइ तमराइ नीउती बाँची रनु
पण्याको रैछ-आफू मरीमरी !
रे भन्नू पणयाको रैछ-
गोसाइँकीकी जय हउ,
रौतेलाकि जय हउ
गोठ जय हउ, पाण जय हउ!

तमले तल्लाघरकी माखीलाई
गर्री बनायापाछा तमरा निउती
कचहरी बसेका दिन पन
कचहरीमा आउन्या बेला
मैले तमराइ निउती –
जौ साइ जौ साई जौ साई भन्याको छ्यो
मु गाली बोली लाग्नछ भन्या मान
त झिक्कै राख्न्या मुन्छे नइ हुँ

क्याहर्नु तै दिन पनि तमरै जय भयो
माखिका आँसु खप्तडका छातीमी
पैताला हल्याजन आँखामी रैया !
मेरा जौ साइले त्यै दिन पन काम गर्यो
तमरै जय गर्यो !

मेरा जौ साइले तमरा झिक्कै जय गर्यो
दाणमे बल्लको आँखो फुटाया
तमरै जय गर्यो
स्कुल जान्या बेला कुट्या
तमरै जय गर्यो
मन्दिर पस्न्या बेला कुट्या
तमरै जय गर्यो
धारा पानी भर्या रे कुट्या
तमरै जय गर्यो
डोल्या गइन भन्या रे कुट्या
तमरै जय गर्यो
हली आइन भन्या रे कुट्या
तमरै जय गर्यो
शंख फुई भन्या रे कुट्या
सनाई फुइन भन्या रे कुट्या
तमरै तमरै तमरै जय गर्यो
कोदया पाक्याका उजकला बाख्रा चराया
तमरै जय गर्यो
बस भन्या बस्या,उठ भन्या उठ्या
तमरै जय गर्यो !
मेरा जौसाइले तमरो जय नगर्याको काइ छैन ।

पछि त तमले पन
जमाना फेर्यो भन्या
जौसाई का सट्टा :
नमस्ते गर भन्या नमस्ते गर्या
अभिवादन गर भन्या अभिवादन गर्या
लालसलाम गर भन्या लालसलाम पन गर्या
जसो अर्या पनि तमरै जय गर्यो

मु भुल्ली सक्या रैछु तमले भन्याको
तमले जमाना फेर्यो मात्रै भन्या रैछउ
मु फेर्या नइ भन्या रैछउ
तेसो हुन्नाखेरि जौसाई भन्या पन,
नमस्ते भन्या पन,अभिवादन/लालसलाम
ज्या भन्या पन तमरै जय भयाको ठहर्‍यो!

मु मरीमरी जय हउ,जय हउ भनिरया
तमले जय आफ्नी हराउनाकी लेख
मैलाई बाँची रहेइ मातर भन्या तमरा बाँची रेइ
भित्तर मु कसरी मरेको थ्या त्यो मुलाई मात्रै था हुन्छयो

“अब मुलाई बाँचीरहुन नइ छी
मैले जौसाइ भन्या बेला तमि बाँचिरेइ जन भन्या
बरू जौ साई भन्दिया मर्या मै मरूला !
मलाई तमरी जयका लागि बाँचीरनु छैन ।”
मु त जय नभयाको मुन्छे जौ साई लवज भयाको !
तमी त जयका बा जय का चेला जय का नाति

जौ साइ ! जौसाई !! जौसाई !!!

धिरज स्मृतिपवन डोटी