मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व महाधिबेशन प्रतिनिधि स्व. शाह प्रति कांग्रेस अछामद्धारा श्रद्धाञ्जली व्यक्त

पूर्व महाधिबेशन प्रतिनिधि स्व. शाह प्रति कांग्रेस अछामद्धारा श्रद्धाञ्जली व्यक्त


अछाम : नेपाली कांग्रेस अछामले पूर्व महाधिबेशन प्रतिनिधी स्व. बिरेन्द्र बहादुर शाह (टाउकेराजा) प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

१३ औँ दिनको पुण्यतिथिको अवसरमा पार्टीले सदरमुकाममा सोक सभा मनाउदै स्व. शाह प्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

नेपाली कांग्रेस अछामका पूर्व महाधिबेशन प्रतिनिधि तथा समाजसेवी स्व. शाहको निधनले पार्टी र समाजलाई अपूरणिय क्षति पुगेको र पार्टीले एक ईमान्दार, कर्मठ, जुझारु व्यक्ती गुमाएको पार्टी सभापति पुष्प बहादुर शाहले बताए ।

सभापती शाहको सभापतित्वमा भएको श्रद्धाञ्जली कार्यक्रममा पार्टीका महासमिती सदस्य, महाधिबेशन प्रतिनिधी, नेता कार्यकर्ता लगायतको सहभागी रहेको थियो ।

शाहको जेष्ठ १६ गते उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा निधन भएको थियो ।