मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झंकर रोदन रावलको लाल हीरा काँगै सार्वजनिक (भिडियो सहित)

झंकर रोदन रावलको लाल हीरा काँगै सार्वजनिक (भिडियो सहित)


अछाम । लोक तथा देउडा गायक झंकर रावलको मौलिक देउडा गित सार्वजनिक भएको छ । बिशेष फिल्मस्को प्रस्तुतीमा रावलले अछामको भाषा, कला, साहित्य, रहनसहन तथा परिबेशलाई समेटेर तयार पारेको गितको भिडियो सार्वजनिक भएको हो ।

अछाम जिल्लाको बान्नातोलीमा जन्मिएका रावलको आफ्नै शब्द, लय तथा स्वरमा पूर्णकला बीसीले साथ दिएकी छन् भने शब्द चयनमा समेत जोगीसिंह रावलको साथ रहेको छ ।

अछामी रेखा नामले परिचित भिम बिष्टको निर्देशनमा तयार भएको भिडियोमा चर्चित मोडेल झरना बोहरा र गायक रावल आफलै अभियन गरेका छन् । भिडियो अछामको मंगलसैन नगरपालिका वडा नं. १२ बान्नातोली बिर्कुमा छायांकन गरिएको छ ।