मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामले गर्यो सुबेच्छुक संघसंस्था संग अन्तरक्रिया

कांग्रेस अछामले गर्यो सुबेच्छुक संघसंस्था संग अन्तरक्रिया

पेशागत सुरक्षा र ट्रेड यूनियन अधिकारको लागि कसैसँग नझुक्न केन्द्रीय सदस्य मिश्रको निर्देशन


अछाम : नेपाली कांग्रेस अछामले जिल्ला स्थित पार्टीका सुबेच्छुक संघ संस्था संग छलफल तथा अन्तरक्रिया गरेको छ । पार्टीको आन्तरिक सांगठनिक मजबुद बनाउन सुरु भएको “विशेष आन्तरिक अभियान“ अन्तर्गत मंगलबार जिल्ला स्थित शुबेच्छुक संस्थाका पदाधिकारी तथा सदस्य संग छलफल गरेको हो ।

पार्टीको संगठन बलियो बनाई क्रियाशिल र चलायमान बनाउन अनतर्कृयातमक छलफल कार्यक्रम मंगलसैनमा सम्पन्न भएको कांग्रेस अछामका जिल्ला सदस्य जनकराज भण्डारीले बताए ।

पार्टीका कार्यबाहाक सभापति नयाराम बजगाईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि शुशिला भट्ट मिश्रले पार्टिको आन्तरिक संगठन सुदृढीकरणका लागि सबै भातृ तथा शुबेच्छुक संस्था र संगठनले एकजुट हुदै चलायमान हुनुपर्ने बताईन् । प्रमुख अतिथि भट्टले पेशागत सुरक्षा र टे्रड यूनियन अधिकारको लागि कसैसँग नझुकी काम गर्न उनले निर्देशन गरिन् ।

जिल्ला ब्यापी रुपमा सञ्चालन हुने अभियान अन्र्तगत सबै तहका कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेस अछामले जिल्ला, केन्द्र, प्रदेशका नेताहरु, जनप्रतिनिधिहरु, प्रतिनिध सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगर तथा गाऊं, वडा तथा जिल्ला सम्पर्क समिति, भातृ तथा शुभेक्षुक संस्था लगायत नेपाली कांग्रेस सम्बद्ध सबैलाई आब्हान गरेको छ ।

पार्टीको आन्तरिक सांगठनिक अभियान सफल बनाउनका लागि सबै एकठाँउमा सहभागी हुन कांग्रेस अछामले आव्हान गरेको हो ।