मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनताको हितको लागि काम गर्न कांग्रेस नेतृ भट्ट मिश्रको निर्देशन

जनताको हितको लागि काम गर्न कांग्रेस नेतृ भट्ट मिश्रको निर्देशन


कमलबजार | नेपाली काङ्ग्रेस अछामको संगठन सुदृढीकरण विशेष अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ । क्षेत्र नम्बर २ का कार्यवाहक सभापती ताराप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा अछाम जिल्लाका लागि केन्द्रिय प्रतिनिधि सुशिला मिश्र भट्ट प्रमुख अतिथी रहेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधनका क्रममा नेतृ भट्टले काङ्ग्रेसको सङ्गठन सुदृढीकरण गरि पार्टीलाई बलियो र मजबुत बनाउन सबै तहका संगठनहरु बलियो र मजबुत बनाउदै लग्नुपर्ने बताइन् । संगठनमा रहेका साना तिना समस्या लाई समाधानगरी पार्एटीलाई एकताका साथ मजबुत बनाउन लाग्न सबै नेता कार्यक्रता लाई उनले निर्देशन गरेकी छन ।

केन्द्रीय सदस्य भट्टले समुदायमा रहेका सबै बर्ग र समुदायको हितहुने गरि समुदायमा परिचालन हुन सबै लाई अनुरोध गरिन् । कार्यक्रममा पार्टीका प्रदेश सदस्य भक्त ठकुल्ला, रुपा आउजी, अनुराधा स्वार, महासमिति सदस्य बल बहादुर कुवर, सुरत बहादुर बिष्ट, पदमराज अधिकारी, अछाम जिल्लाका कार्यवाहक सभापती नयाँराम बजगाईं लगायतका नेताहरुले सुझाव मन्तब्य राखेका नेपाल प्रेस यूनियन अछामका अध्यक्ष जनकराज भण्डारीले बताए थिए ।