मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल ट्रेड युनियन काग्रेस कमलबजार नगर कार्य समितिको नया कार्य समिति चयन

नेपाल ट्रेड युनियन काग्रेस कमलबजार नगर कार्य समितिको नया कार्य समिति चयन


अछाम : नेपाल ट्रेड युनियन काग्रेस कमलबजार नगर कार्य समितिको दोस्रो अबिधेशन सम्पन्न भएको छ । अधिबेशनले कमला बिष्ट देउवाको अध्यक्ष्यतामा नया कार्य समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा भवानि प्रसाद उपाध्याय, पारु जैशी, सचिव हरिश रावत, सहसचिव नौरता रावत, धुर्व ढकाल कोषाध्यक्ष जयन्ती बिष्ट, सहकोषाध्यक्ष बिष्ना ढकाल लगायतका पदाधिकारी रहेका छन ।

नेपालि काग्रेस कमलबजार नगरकार्य समितिका कार्यबाहाक नगरसभाति तकमान बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन काग्रेसका जिल्ला अध्यक्ष चित्रराज बजगााइ प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष बजगाईले नेपाल ट्रेड युनियन काग्रेसले २००७ सालको प्रजातन्त्र स्थापना देखि २०४६ सालको जनआन्दोलन पछि ६२ /६३ सालको जनआन्दोलनमा नेपालि काग्रेस पार्टीलाई बचाइ राख्नको लागि नेपाल ट्रेड युनियनले अहम भुमिका खेलेको बताए ।

स्थानिय तहले हटाएका कर्मचारीलाइ यथा स्थानमा राखिएन भने अछामका १० वटै स्थानिय तहलाइ ज्ञापन पत्र बुझाइ आनदोलनका कार्यक्रम गर्ने समेत चेतावनी उनले दिए ।

कार्यक्रममा नेपाली काग्रेसका नेता बिर बहादर रावत, प्रेम प्रसाद ढकाल, कमलबजार नगरपालिका वडा नं १ का वडा सभापति तेज बहादुर बिष्ट, वडा न २ वडा सभापति डिल्लि सिंङ चलाउने, नेत्र ढकाल, उधोग बाणिज्य संघका जिल्ला सदस्य मिलता अधिकारी, बालबिकास केन्द्रकी शिक्षिका लक्ष्मी थापा लगाएत मन्तब्य राखेका थिए।

लक्ष्मी रावतको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन नेपालि काग्रेसका युवा नेता नेत्र थापाले गरेका थिए ।