मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काङ्ग्रेस अछामको संगठन सुदृढीकरण विशेष अभियान मंगलसैनको १२ नं. वडामा सम्पन्न

काङ्ग्रेस अछामको संगठन सुदृढीकरण विशेष अभियान मंगलसैनको १२ नं. वडामा सम्पन्न


अछाम : नेपाली काङ्ग्रेस अछामको संगठन सुदृढीकरण विशेष अभियान अन्तर्गत मंगलसैन नगरपालिका वडा नंस् १२ को वडा सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यसमितिका सभापती शेर बहादुर रावलको सभापतित्वतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा अछाम जिल्लाका लागि केन्द्रिय प्रतिनिधि सुशिला मिश्र भट्ट प्रमुख अतिथी रहेकी थिईन् ।

कार्यक्रमलाई सम्बोधनका क्रममा नेतृ भट्टले सरकारले ग्रामीण क्षेत्रको विकास संगै जनताको जिवनस्तर बलियो हुने खालका कार्यक्रम संचालन गर्नुपर्ने बताईन् । केन्द्रीय सदस्य भट्टले समाजिक रुपान्त्ररण र सेवा भावले जनताको मनजित्ने कामगर्न सबै नेता कार्यकर्तालाई अनुरोध गरिन् ।

कार्यक्रममा अछाम जिल्लाका कार्यवाहक सभापती नयाँराम बज्गाई, महासमिति सदस्य पदमराज अधिकारी, महाधिवेशन प्रतिनिधि पुर्णा शाह जिल्ला सचिव टक्कर शाह, प्रवक्ता पदम शाह जिल्ला कार्य समिति सदस्य जनकराज भण्डारी, नगर सचिव मिलन रावल लगायतका नेताहरुले सुझाव मन्तब्य राखेका थिए ।