मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशन क्षेत्रको विकासमा सरकारले विशेष पहल गर्नु पर्छ : केन्दीय सदस्य भट्ट

रामारोशन क्षेत्रको विकासमा सरकारले विशेष पहल गर्नु पर्छ : केन्दीय सदस्य भट्ट


नमराज भण्डारी, मुजाबगर । नेपाली काङ्ग्रेस अछामको संगठन सुदृढीकरण विशेष अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम रामारोशन गाउँ पालिकाको मुजाबगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँ कार्यसमितिका सचिव टेकबहादुर विष्टको सभापतित्वतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा अछाम जिल्लाका लागि केन्द्रिय प्रतिनिधि सुशिला मिश्र भट्ट प्रमुख अतिथी रहेकी थिइन् ।

केन्द्रिय सदस्य भट्टले रामारोशन क्षेत्रको विकासमा सरकारले विशेष पहल गर्नुपर्ने बताइन् । ७७ सालको बाढीबाट क्षेदबिच्छेद भएको रामारोशनक क्षेत्रका वढिपिडीत समुदायको पुनर स्थापना र पुन:निर्माणकार्यमा तिनै तहका सरकारको समन्वयमा तत्काल थप कार्यक्रम अगाडि बढनु पर्ने बताइन ।

सुदूरपस्चिम प्रदेश र नेपालकै महत्त्वपूर्ण पर्यटकि क्षेत्र रामारोशनको विकास र व्यावस्थापनमा सरकार चुकेको बताइन । रामारोशनको विकासका लागि रामारोशन जोड्ने मंगलसैन रामारोशन सड्क, जैगढ सामारोशन सड्क, विनायक रामारोशन सड्क, रामारोशन कर्णाली प्रदेशका छिमेकी जिल्ला जोड्ने सड्क यथासक्य निमार्ण गर्नुपर्ने र निर्माणको क्रममा रहेका सड्क पुर्वाधारको निर्माण कार्यमा ढिला सुस्ति नगर्न सम्वन्धित पक्षलाई अनुरोध गरेकी छन् ।

केन्द्रीय सदस्य भट्टले जनताको जिवनस्तर माथि उकासने खालका काम गर्दै सोहि खालको निति निर्माण गरि काम गर्न समेत स्थानिय तहलाई अनुरोध गरिन् । जनताको कामलाई शिरोपर गर्दै आवश्यक पहलकदमी लिन र काम गर्न सबै तहका नेता कार्यक्रतालाई एकमत भएर लाग्न समेत उनको अनुरोध छ ।

अछाम जिल्लाका कार्यवाहक सभापती नयाँराम बज्गाईले जनताको हित चाहाने देशको एकमात्र पार्टी नेपाल कांग्रेस भएकाले सबैले कांग्रेस लाई सहयोग र सर्मथन गर्न अनुरोध गरे । प्रदेश कार्यसमिति सदस्य अनुराधा स्वारले रामारोशन क्षेत्रको विकासका लागि अफु सधै लागि परेको बताए ।

महाधिवेशन प्रतिनिधि पुर्णा शाहले सबै बर्ग र समुदायको हित चाहाने पार्टी नेपाली कांग्रेस मात्र भएको बताईन । जिल्ला सचिव टक्कर शाहले रामारोशनको विकासबाट अरुलाई दोश लगाएर कसैले उन्मुक्ति नपाउने बताउदै रामारोश क्षेत्रको विकासमा आफुले सक्ने जति पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रवक्ता पदम शाहले समुदायको हित र संगठन निर्माणका लागि सबै नेता एक भएर जानुको विकल्प नभएको बताए । कार्यक्रममा जिल्ला कार्य समिति सदस्य जनकराज भण्डारी, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खेमराज खड्का, नेपल प्रेस यूनियन अछामका उपाध्यक्ष नमराज भण्डारी, नेपाल शिक्षक संघका गाउँ पालिका सहसचिव शेरबहादुर बिक, वडा अध्यक्ष लगायतका नेताहरुले सुझाव मन्तब्य राखेका थिए ।