मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीले पार्टी संग मिलेर काम गर्नुपर्छ : केन्द्रीय सदस्य भट्ट

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीले पार्टी संग मिलेर काम गर्नुपर्छ : केन्द्रीय सदस्य भट्ट


अछाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशिला भट्ट मिश्रले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीले पार्टीका नेता कार्यकर्ता संगको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिएकी छन् । जनप्रतिनिधी र पार्टीका नेता कार्यकर्ता बिच एक आपसमा सहकार्य हुदैँ समाजको विकासमा हातेमालो गर्नुपर्नेमा उनको जोड छ ।

नेपाल प्रेस युनियन जिल्ला शाखा अछामले आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै नेतृ भट्टले गाँउ समाजको विकास र प्रगतीका लागि पार्टी र जनप्रतिनिधी बिच समधुर सम्बन्ध हुनुपर्ने बताईन् । नेतृ भट्टले अछाम जिल्लाका गौरवका आयोजनाहरु अलपत्र अवस्थामा रहेकाले सो को बिषयमा पार्टी सभापती, मन्त्री र प्रदेका मुख्य मन्त्रीलाई जानकारी गराई छिटो काम गराउन पहल गर्ने बताईन् ।

सेति लोकमार्ग, चिसापानी जंगलघाट सडक, बेतन कर्णाली, माथिल्लो कर्णाली, बुढीगंगा जलबिद्युत लगायतका गौरवका योजना लामो समय देखि अघि बढ्न नसकेको भन्दै त्यसका लागि पहल गर्ने बताएकी हुन् ।

एक अर्को प्रसंगमा बोल्दै नेतृ भट्टले कांग्रेसका जिल्लाका अधिकांश नेताहरु जिल्ला बाहिर रहेको भन्दै पत्रकारहरुको प्रश्नमा आफुले पटक पटक जिल्लमा आउन आग्रह गरेको तर केही नेताहरु आउदै गरेको र केहीको व्यक्तिगत समस्याका कारण आउन नसकेको बताईन् । तर नेता कार्यकर्ताहरले जिल्लामै बसेर जनता र समाजको सेवामा सर्मपित हुनुपर्नेमा उनको जोड थियो ।

नेपाल प्रेस यूनियन जिल्ला शाखा अछामका अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा भएको पत्रका सम्मेलनमा कांग्रेस अछामका कार्यबाहक सभापती नयाँराम बजगाँई, प्रदेश सदस्य अनुराधा स्वाँर, बेदप्रकाश तिमिल्सैना, महासमिती सदस्य पदमराज अधिकारी लगायत प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शिबराज ढुंगाना, प्रेस यूनियनका केन्द्रीय सदस्य सुशिल भण्डारी लगायतका पत्रकारहरुको सहभागीता रहेको थियो ।

यूनियनका उपाध्यक्ष लोगराज ढकालले स्वागत गरेको पत्रकार सम्मेलनको सञ्चालन सचिव तारामान खड्काले गरेका थिए ।