मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली काँग्रेस पञ्चदेवल नगर कार्यसमितिको बैठक विभिन्न निर्णय गर्दैन सम्पन्न 

नेपाली काँग्रेस पञ्चदेवल नगर कार्यसमितिको बैठक विभिन्न निर्णय गर्दैन सम्पन्न 



अछाम : नेपाली काँग्रेस पञ्चदेवल नगर कार्य समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । 

नेपाली काँग्रेस नगर कार्यसमिति सभापति सज्जन बहादुर शाहीको अध्यक्षतामा सम्पन्न बैठक बाट वडा कार्यसमिति लगायत समिति सक्रिय गराउने, मङ्सिर १८ गते हुने जिल्ला सम्मेलनको तयारी तथा नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री विश्व प्रकाश शर्मा लाई स्वागत गर्न विभिन्न कार्यदल गठन गर्दै सक्रिय रूपमा लाग्न निर्णय गरिएको हो । 

कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेले सङ्गठन सुदृढीकरणका लागि कुनै व्यक्तिगत स्वार्थ विना सङ्गठनमा सक्रिय हुन आग्रह गरिन् । 

पार्टी लाई मजबुत बनाउन सम्पूर्ण क्रियाशील सदस्य तथा वडा कार्य समिति सक्रिय हुन पनि सुझाव दिइन् । 

नगर कार्य समितिको कार्यालयमा सम्पन्न भएको बैठकमा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सदस्य वेद प्रकाश तिमिल्सैना, महासमिति सदस्यद्वय सुरत बहादुर विष्ट र लक्ष्मण शाह लगायत सम्पुर्ण नेता तथा कार्यकर्ताको सहभागीता रहेको नगर कार्यसमिति सचिव प्रजापति जैसीले जानकारी दिए ।