मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामको प्रथम जिल्ला सम्मेलनको तयारी पुरा, महामन्त्री शर्माले उद्घाटन गर्ने

कांग्रेस अछामको प्रथम जिल्ला सम्मेलनको तयारी पुरा, महामन्त्री शर्माले उद्घाटन गर्ने


अछाम : नेपाली कांग्रेस अछामले आयोजना गर्न लागेको प्रथम जिल्ला सम्मेलनको तयारी पुरा भएको छ । सातौँ जिल्ला अधिबेशन पश्चात पहिलो पटक हुन लागेको प्रथम जिल्ला सम्मेलनको तयारी पुरा भएको कांग्रेस अछामले जनाएका् छ ।

भोली सोमबार बिहान ११ गते सुरु हुने प्रथम जिल्ला सम्मेलनको उद्घाटन कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले गर्ने तय भएको जिल्ला सभापती एवंम प्रतिनिधी सभा क्षेत्र नं. २ अछामका सांसद पुष्प बहादुर शाहले बताए ।

शाहका अनुसार प्रथम जिल्ला सम्मेलनमा सहभागी हुने महामन्त्री शर्मा आज बेलुका आईपुग्ने र अन्य अतिथि तथा कार्यक्रममा सहभागी हुनेहरु भोली बिहान सम्म मंगलसेन आईपुग्नेछन् ।

कार्यक्रममा अछामका १० वटै पालिकाबाट कांग्रेस नेता कार्यकर्ताहरुलाई जिल्ला सम्मेलनमा आमन्त्रण गरिएको सभापती शाहले बताए ।

कार्यक्रमका लागि मञ्च व्यावस्थापन, बास बस्नका लागि होटल व्यावस्थापन र ब्यानर तथा गे्ट निमाृणका काम सकिएका जिल्ला सचिव टक्कर शाहले बताए ।