मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकदेउडा गायक नेत्र रावलको बिराना मुलूक सार्वजनिक (भिडियो सहित)

लोकदेउडा गायक नेत्र रावलको बिराना मुलूक सार्वजनिक (भिडियो सहित)


अछाम, लोक देउडा गायक नेत्र बहादुर रावलको मौलिक देउडा गित सार्वजनिक भएको छ ।

बिशेष फिल्मस्को प्रस्तुतीमा रावलले अछामको भाषा, कला, साहित्य, रहनसहन तथा परिबेशलाई समेटेर तयार पारेको गितको भिडियो सार्वजनिक भएको हो ।

अछाम जिल्लाको बान्नातोलीमा जन्मिएका रावलको आफ्नै स्वरमा शोभा थापाले साथ दिएकी छन् भने लय, शब्द चयन जगत रावलको रहेको छ ।

अछामी रेखा नामले परिचित भिम बिष्टको निर्देशनमा तयार भएको भिडियोमा चर्चित मोडेल सबिना मगर र उमेश थापाले अभियन गरेका छन् ।

भिडियो अछामको मंगलसैन नगरपालिका वडा नं. १२ बान्नातोली बिर्कुमा र ढकारि गाउँपालिकामा छायांकन गरिएको छ ।

लोक देउडा गायक रावल प्रवासमा रहेर पनि आफ्नो देउडा कला संस्कृतीको जर्गेनाको लागी लागी रहेका छन् । यसभन्दा अघि पनि उने बिभिन्न गितहरु बजारमा ल्याईसकेका छन् ।

भिडियो