मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालका बहुचर्चित व्यक्ति महावीर पुन लाई अछामको पञ्चदेवल नगरपालिकामा स्वागत

नेपालका बहुचर्चित व्यक्ति महावीर पुन लाई अछामको पञ्चदेवल नगरपालिकामा स्वागत

सम्झना,सपना र अविरल यात्रा (आत्मकथा)


अछाम : नेपालका बहुचर्चित व्यक्ति महावीर पुन लाई अछाममा स्वागत गरिएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले उनलाई सोमवार स्वागत गरेको हो ।

आविष्कारक पुन आफ्नो जीवनको आत्मकथा पुस्तक बेच्न देश दौडाहा मा छन् । जस अन्तर्गत मध्यपहाडी राजमार्गको यात्रा गर्दै उनी विनायक पुगेका हुन् ।

पञ्चदेवल विनायक नगरपालिकाले ५२ हजार ५ सय बराबरको आत्मकथा पुस्तक उनी सँग खरिद गरेको छ ।

उनी विनायकमा किताब बेचेर मङ्गलसेन तर्फ प्रस्थान भएका छन् ।
डा. महावीर पुनको आत्मकथा बिक्री वितरणबाट प्राप्त भएको रकम वीरगन्जस्थित जीर्ण रहेको कृषि औजार कारखानालाई पुनः सञ्चालनमा ल्याउनको लागि खर्च गरिने उनले बताए ।

को हुन ? महावीर पुन
महावीर पुन एक नेपाली वैज्ञानिक, शिक्षक, [१]सामाजिक उद्यमी तथा हिमालयका दुर्गम क्षेत्रहरूको विकसित ताररहित प्रविधिको प्रयोगमा आफ्नो व्यापक कार्यका लागि प्रसिद्ध एक कार्यकर्ता हुन् जसलाई नेपाल वायरलेस नेटवर्किङ परियोजना पनि भनिन्छ। उनी नेपालका बहुचर्चित व्यक्तित्व हुन्।[२] उनको कार्यलाई अशोका फाउन्डेसन, रमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैङ्कले मान्यता दिएको छ।[३] उनी एक मानवतावादी हुन् जसको कामले धेरै युवाहरूलाई आफ्नै देश फर्काउन र यसको विकासको लागि यसको सेवा गर्न प्रेरित गरिरहेको छ।[४]

आफ्नो उच्च माध्यमिक शिक्षा सकाएर पुनले १२ वर्ष ४ वटा विद्यालयमा शिक्षकको रूपमा काम गरेका थिए। सन् १९८९ मा पुनले नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षा मा स्नातकोत्तर हासिल गरेका थिए। स्नातकोत्तर सकाएर २४ वर्ष पछि आफ्नो गाउँ नाङ्गी फर्किदा उनले दिगो शिक्षाको आवश्यकता महसुस गरेका थिए। जसको सुरुवात उनले हिमान्चल उमिवाको स्थापनाबाट सुरुवात गरेका थिए। कम्प्युटर शिक्षा र आय श्रोत वृद्धिलाई ध्यानमा राखी उनले आफ्नो कार्यक्रम अगाडि बढाउँदै देशलाई विकाशको ज्योतितिर अग्रसर गराउन थालेका थिए।

सन २००१ महावीर पुनको जीवनको स्वर्णिम वर्ष रहन गयो जब ब्रिटिस ब्रोडकास्ट कर्पोरेसन बिबिसीले उनको गाउँ गाउँमा इन्टरनेटको पहुँच पुर्‍याउने महत्त्वाकाङ्क्षी योजनालाई विश्व समुदायमाझ पेस गरिदिएको थियो। बिबिसीको यस समर्थनबाट युरोप र अमेरिकाबाट विभिन्न सहयोगी दाताहरूले पुनलाई आर्थिक सहयोग गरेका थिए। त्यस सहयोगबाट उनले नाङ्गी र राम्चे आसपासका गाउँहरूमा ताररहित इन्टरनेट सञ्चालन गर्न सफल भएका थिए।

पुन ‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोर्टल अवार्ड, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागसेसे पुरस्कार’ जस्ता विभिन्न सम्मानद्वारा सम्मानित भइसकेका छन्।

पुनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए। यस्तो विशाल योजनालाई मूर्तरूप दिन ठुलो आर्थिक सहयोगको खाँचो हुनुभएकाले पुनले नेपाल सरकारको ढोका बारम्बार ढकढकाएका थिए।