मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५५ औँ स्थापना दिवसको अवसरमा अछामका ८ पालिकामा नेविसंघको ज्ञापन पत्र

५५ औँ स्थापना दिवसको अवसरमा अछामका ८ पालिकामा नेविसंघको ज्ञापन पत्र


अछाम ः नेपाल विद्यार्थी संघको ५५ औ स्थापना दिवसको अवसरमा देशभरका पालिकाहरुमा बिहिबार एकैसाथ ज्ञापन पत्र पेश गरिएको छ । देशभरका ७ सय ५३ वटै पालिकामा, विद्यालय शिक्षा पूर्णतः निशुल्क र गुणस्तरीय बनाउन माग गर्दै ज्ञापन पत्र पेश गरिएको नेपाल बिद्यार्थी संघ अछामका अध्यक्ष खेमराज खड्काले बताए ।

संघको ५५ औं स्थापना दिवसको अवसरमा शैक्षिक क्षेत्रका सवाललाई समेटिएर तयार पारिएको ज्ञापनपत्र पालिकाहरुमा बुझाइएको उनले बताए । जस अन्र्तगत अछामको चौरपाटी गाँउपालिकामा स्ववियू सभापती कमल कुवँर, रामारोशनमा पूर्ण बिक, मेल्लेखमा जिल्ला अध्यक्ष खेमराज, बान्नीगढी जयगढमा केन्द्रीय सदस्य समेत रहेका केन्द्रीय प्रतिनिधी पदम सुवेदी, साँफेबगर नगरपालिकामा केन्द्रीय सदस्य सुशिल कुवँरको नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको छ ।

यस्तै जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा केन्द्रीय सदस्य लक्ष्मी बोगटी, कमलबजार नगरपालिकामा केन्द्रीय सदस्य धिरेन्द्र कुँवर तथा तुर्माखाँद गाँउपालिकामा जिल्ला सदस्य पहल थापाले पालिकाका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएका हुन् ।

अध्यक्ष खड्का अनुसार अछाम जिल्लाका ८ पालिका ज्ञापन पत्र पेश गरिए पनि जिल्लाका पञ्चदेवल बिनायक नगरपालिका र ढकारी गाँउपालिकामा बिबिध कारण पेश ज्ञापन पत्र पेश हुन सकेन् । नेविसंघ अछामले केन्द्रको परिपत्र अनुसार जिल्लाका सबै पालिकामा ज्ञापन पत्र बुझाउने कार्य भएका कारण ५५ औँ स्थापना दिवसको अवसरमा अन्य कार्य नगरेको बताईएको छ