मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मङ्गलसैन कांग्रेस सभापतिमा हेमराज भण्डारी सर्वसम्मत

मङ्गलसैन कांग्रेस सभापतिमा हेमराज भण्डारी सर्वसम्मत


अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछामको मङ्गलसैन नगरपालिकाको नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित भएका छन्।

बुधबार सम्पन्न १५औँ नगर अधिवेशनबाट भण्डारीको नेतृत्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत चयन भएको हो। मङ्गलसैन अछामका दुई निर्वाचन क्षेत्रअन्तर्गत महाधिवेशन प्रक्रिया सम्पन्न गर्ने पहिलो पालिका बनेको छ। यो नेपाली कांग्रेस अछामका जिल्ला सभापति एवं पूर्वप्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहको गृहपालिकासमेत हो।

नवनिर्वाचित नगर कार्यसमितिलाई जिल्ला सभापति पुष्पबहादुर शाह, प्रदेशसभा सदस्य मानबहादुर रावल र केन्द्रीय निर्वाचन अधिकृत अधिवक्ता भोविन्द्रबहादुर शाहले खादा तथा अबिर लगाएर बधाई तथा शुभकामना दिएका छन्।

बधाई ज्ञापन गर्दै जिल्ला सभापति शाहले अछाममै पहिलो पालिकाका रूपमा अनुशासित र सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरे। उनले अब सम्पूर्ण नेता तथा कार्यकर्तालाई आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आग्रह गर्दै पार्टी संगठन बलियो भए मात्रै विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने धारणा राखे।

निर्वाचन अधिकृत अधिवक्ता भोविन्द्रबहादुर शाहका अनुसार अछामका बाँकी नौवटै पालिकामा पनि बन्दसत्र सम्पन्न भई निर्वाचनका बाँकी कार्यक्रम तीव्र रूपमा अघि बढिरहेका छन्।